मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

सुनगाभा-जल्पा टोल विकास संस्थाको अध्यक्षमा खवास चयन

पोखरा । पोखरा महानगरपालिका–१५ मा अवस्थित सुनगाभा–जल्पा टोल विकास संस्थाको साधारण सभा तथा प्रथम अधिवेशन २०८२ वैशाख ५ गते सम्पन्न भएको छ ।

अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि ईश्वरबहादुर खवासको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा चीजा गुरुङ, सचिवमा सरिता कोइराला र कोषाध्यक्षमा सुवेदार मेजर दूतप्रसाद गुरुङ चयन हुनुभएको छ । बाँकी सदस्यहरू पछि मनोनयन गरिने अध्यक्ष खवासले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका-१५ का वडा अध्यक्ष तोरणबहादुर बानियाले टोल विकास संस्थाहरू स्थानीय तहमा विकास र सुशासनका महत्वपूर्ण आधार भएको बताउनुभयो ।

साधारणसभामा सचिव सरिता कोइरालाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष सुवेदार मेजर दूतप्रसाद गुरुङले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

Author

Related News