मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

जनप्रिय माविको नेतृत्वमा सुबेदी

पोखरा पोखरा महानगरपालिकाको केन्द्रमा रहेको जनप्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ईश्वरप्रसाद सुबेदी सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।

पोखरा महानगरपालिका-८, सिमलचौरस्थित विद्यालय प्राङ्गणमा २०८३ वैशाख २ गते आयोजित भेलाले नयाँ कार्यसमिति गठन गरेको हो ।

शैक्षिक उन्नयन र विकासमा अग्रणी भूमिका खेल्दै आएको जनप्रिय माध्यमिक विद्यालयको आफ्नै गौरवशाली इतिहास रहेको छ ।

वि.सं. २०१५ सालमा भानु प्राथमिक पाठशालाका रूपमा स्थापना भएको विद्यालय २०२५ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको थियो भने २०४१ सालमा माध्यमिक तहको स्वीकृति पाएको थियो ।

२०६१ सालदेखि कक्षा ११ र १२ (व्यवस्थापन, शिक्षा, मानविकी) सञ्चालन हुँदै आएको छ भने २०७३ सालदेखि विज्ञान र सिभिल इन्जिनियरिङ (कक्षा ९-१२) कार्यक्रम सञ्चालनमा छन् ।

नवनिर्वाचित अध्यक्ष सुबेदीले सरोकारवाला सबै मिलेर विद्यार्थी सङ्ख्या वृद्धि र शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

उहाँले विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर तथा आर्थिक व्यवस्थापनलाई उत्कृष्ट नमुनाका रूपमा विकास गर्न अभिभावक र सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरूमा देवीप्रसाद त्रिपाठी, सुष्मा खनाल सिग्देल, बसन्तप्रसाद चालिसे, सरस्वती शाही पोखरेल र टङ्कप्रसाद सुबेदी चयन भएका छन् भने सदस्य सचिवमा प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटी रहेका छन् ।

त्यसैगरी शिक्षक अभिभावक सङ्घको अध्यक्षमा केदार धमला चयन हुनुभएको छ । सदस्यहरूमा कविता देवी ढकाल, सपना पराजुली, सुशीला श्रेष्ठ, माया पाण्डे, रिका जैसवाल, पानमाया परियार र अनु सिंह रहनु भएको छ । विद्यालयमा करिब १ हजार ५ सय जना विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा पोखरा महानगरपालिका-८ का वडाध्यक्ष रूद्रनाथ बराल, विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष पर्शुराम बराल, प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले विद्यालयमा व्यवस्थापकीय पक्षलाई सबल प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक ऋषिराम लामिछानेले गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News