मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

वार्षिकोत्सवका अवसरमा पोखराको मानव सेवा आश्रमका ८६ जनालाई भोजन

पोखरा । होटल पौवा प्रालिले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम, छोरेपाटनका आश्रित आमाहरूलाई भोजन गराएको छ ।

“जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने भावनालाई आत्मसात गर्दै तथा “वितायौं बालापन” नारासहित आयोजित “पौवा स्वाद उत्सव-२०८२” को अवसरमा होटलले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा आश्रममा बसोबास गरिरहेका ८६ जना महिला तथा बालिकाहरूलाई एक छाक भोजन गराइएको थियो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतमले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै यस प्रकारको मानवीय सहयोगको प्रशंसा गर्नु भयो ।

होटल पौवा प्रालिका महाप्रबन्धक केशव भण्डारीले संस्थाको वार्षिकोत्सवलाई सामाजिक कार्यसँग जोड्न पाउँदा खुशी व्यक्त गर्दै भविष्यमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रम होटल पौवा प्रालिका अध्यक्ष तुलसीराम ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो भने धन्यवाद ज्ञापन लेखापाल सुवास ज्ञवालीले गर्नु भएको थियो ।

Author

Related News