मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

सेवा प्रवाह पहिलो प्राथमिकता : प्रजिअ शर्मा

पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राख्दै अनुगमन कार्यलाई तीव्र बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रादेवी शर्माको नेतृत्वमा प्रहरी उपरीक्षक नविन कार्की सहितको टोलीले पछिल्लो समय जिल्लामा सेवा प्रवाह, स्वास्थ्य सेवा, अस्पतालको सुरक्षा व्यवस्थापन, बीमा सेवाको कार्यान्वयन तथा गुणस्तरीय सेवा सुनिश्चितताका विषयमा स्थलगत अनुगमनलाई तीव्रता दिएको हो ।

प्रजिअ शर्माले नागरिक सेवा प्रभावकारी बनाउने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै नागरिकलाई अनावश्यक दुःख दिन नहुने बताउनुभयो । “हामी नागरिकका सेवक हौं, कुनै पनि बहानामा सेवाग्राहीले दुःख पाउनु हुँदैन,” उहाँले भन्नुभयो ।

यसै क्रममा २०८२ चैत २३ गते जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा वडा प्रहरी कार्यालय बैदामका प्रहरी तथा सरोकारवाला निकायको सहभागितामा अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय कास्की आसपास क्षेत्रमा अनलाइन माध्यमबाट श्रम स्वीकृति, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवासम्बन्धी फाराम भर्ने, निवेदन लेख्ने गरी सञ्चालनमा रहेका १५ ओटा सेवा केन्द्र तथा व्यवसायको निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका पाँच वटा व्यवसायलाई तत्काल सेवा बन्द गर्न लगाइएको तथा आवश्यक प्रमाण पेश गर्न निर्देशन दिइएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी, व्यवसायीहरूलाई तोकिएको शुल्कभन्दा बढी रकम नलिन, अनिवार्य रूपमा बिल जारी गर्न तथा समयमै दर्ता/नवीकरण गरी कानुनसम्मत रूपमा व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

Author

Related News