मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

जलवायु परिवर्तनका असरबारे सचेत हुन आग्रह

पोखरा । वातावरण अधिकारकर्मी रामबहादुर पौडेलले नेपालको भौगोलिक अवस्थाका कारण जलवायु परिवर्तनका असर फरकफरक रूपमा देखिएको बताउनु भएको छ ।

उहाँले यस्ता असरलाई ध्यानमा राख्दै बेलैमा जलवायु परिवर्तनको मुद्दा सम्बोधन गर्न आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

उहाँका अनुसार पछिल्ला वर्षहरूमा कुबेलामा बाढी पहिरो जानु, असमयमै पानी पर्नु र हिउँ पर्ने जस्ता असामान्य घटनाहरू बढ्दै गएका छन्, जुन सबै जलवायु परिवर्तनका प्रत्यक्ष प्रभावहरू हुन् । यस्ता घटनाले जनजीवन, कृषि र समग्र वातावरणमा गम्भीर असर पारिरहेको उहाँले बताउनु भयो ।

पौडेलले नेपालको संविधानमै वातावरणीय अधिकारको व्यवस्था गरिएको उल्लेख गर्दै यस अधिकारको कार्यान्वयनमा सरकार र सरोकारवाला निकायहरू गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

Author

Related News