पोखरा । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालको लायन वर्ष २०२६-२७ का लागि उम्मेदवार परिचय तथा फेलोसिप कार्यक्रम २०८२ चैत ५ गते पोखरा महानगरपालिका-५ पर्स्याङमा औपचारिक रूपमा सम्पन्न भएको छ ।
२०८२ चैत २१ गते हुने चौथो डिस्ट्रिक्ट कन्भेन्सनलाई लक्षित गर्दै डिस्ट्रिक्ट गभर्नर लगायतका पदका उम्मेदवारहरूको परिचय कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख तथा लायन्सका पिडिजी लायन धनराज आचार्यले लायन्स क्लब सामाजिक सेवामा समर्पित संस्था भएकाले पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले लायन्सका पदाधिकारीहरूलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारीप्रति सचेत रहन आग्रह गर्दै आगामी नेतृत्वलाई सर्वसम्मत रूपमा निर्वाचित गराउन अपिल गर्नु भयो ।
यसै अवसरमा डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन रत्नप्रसाद पराजुलीले आगामी वर्षको थिम “मानवताका लागि एकता” रहेको जानकारी दिनु भएको थियो ।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन रत्नप्रसाद पराजुली, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन किशोर बराल र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन बलराम सुबेदीले मनोनयन दर्ता गराउनु भएको थियो । उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता र योजनाहरू प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन धनीराम बराल, मल्टिपल ३२५ का काउन्सिलर चेयरपर्सन लायन मिलन थापा, पिएमसिसि लायन दीपक श्रेष्ठ, पिडिजी लायन गिरधारी शर्मा, मल्टिपल कोअर्डिनेटर पिडिजी लायन भीमलाल पौडेल, लायन्स क्लब अफ पोखरा हेल्पफुल हेण्डका अध्यक्ष लायन यज्ञबहादुर नेपाली, जोन चेयरपर्सनहरू बिष्णु श्रेष्ठ (तनहुँ) र माधव पाण्डे (वालिङ), क्याबिनेट अफिसर रामचन्द्र पोखरेल तथा चौथो डिस्ट्रिक्ट कन्भेन्सनका कन्भेनर लायन गीता शर्मा चापागाईं लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।
लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीका वर्ष २०२५-२६ का अध्यक्ष लायन तोयनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा उद्देश्यबारे प्रकाश पार्ने काम लायन किशोर खनालले गर्नु भएको थियो ।
जिएमटी डिस्ट्रिक्ट कोअर्डिनेटर लायन राजेश्वर आचार्यले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन लायन विकास भुर्तेलले गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न क्लस्टर, रिजन र जोन अन्तर्गतका लायन्स क्लबका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।