पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन २०८२ चैत ८ गतेदेखि सुरु हुने भएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम चैत ३ गते सूचना प्रकाशित गर्दै अधिवेशन आह्वान गरिएको जनाएको छ।
जारी सूचनाअनुसार प्रदेशसभाको अधिवेशन चैत ८ गते दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
