मानव आवाज

२०८२ फाल्गुन २८ गते
00: 00: 00
२०८२ फाल्गुन २८ गते

पोखरा । नेकपा(एमाले)कास्कीका पुराना नेता तथा केन्द्रिय सदस्य कृष्ण थापाको निधन २०८२ फागुन २८ गते भएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समीक्षा बैठक चलिरहेको समयमा पार्टी कार्यालयमै एक्कासी ढल्नु भएका थापालाई तत्कालनै उपचारको लागि मणिपाल अस्पताल पुर्‍याइएकोमा निधन भएको हो ।

कास्कीको कम्युनिष्ट आन्दोलनका नेता थापा २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएको थियो ।

गण्डकी प्रदेशको पुर्व सांसद समेत रहनुभएका थापा गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट पोखराको मेयर पदका उम्मेदवार हुनुन्थ्यो ।

उहाँको निधनले एमाले कास्की मात्र होइन, समग्र गण्डकी प्रदेशको राजनीतिक क्षेत्रमा ठूलो क्षति पुगेको नेताहरूले बताएका छन् ।

पार्टीका नेता तथा कार्यकर्ताले स्वर्गीय थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

वि.सं. २०१६ सालमा कास्की जिल्ला पोखरा महानगरपालिका-१६ बाटुलेचौरमा जन्मनुभएका थापाले पञ्चायतकालदेखि नै विद्यार्थी राजनीति (अनेरास्ववियु) मार्फत कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएको थियो। उहाँका श्रीमती, एक छोरा, एक भाइ र एक बहिनी हुनुहुन्छ।

Author

Related News