मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कास्की-१ मा रास्वपाका खड्कराज पौडेल ‘गनेस’ विजयी

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्की जिल्लाका तीन ओटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजय हासिल गरेको छ ।

२०८२ फागुन २३ गते सार्वजनिक अन्तिम परिणामअनुसार कास्की क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार खड्कराज पौडेल ‘गनेस’ ३९ हजार ८ सय ८३ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ ।

उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटलाई ११ हजार २ सय १४ मतान्तरले पराजित गर्नु भएको हो । रानाभाटले २८ हजार ६ सय ६९ मत प्राप्त गर्नु भएको छ ।

यसै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार बैनबहादुर क्षेत्री (अधिकारी) ले १० हजार ४ सय २९ मत प्राप्त गर्नु भएको छ भने नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४ सय ७९ मत प्राप्त गर्नु भएको छ ।

यसअघि सार्वजनिक परिणामअनुसार कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उत्तमप्रसाद पौडेल तथा क्षेत्र नम्बर ३ मा बिना गुरुङ विजयी हुनु भएको छ ।

यससँगै कास्कीका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गर्दै जिल्लामा आफ्नो बलियो उपस्थिति देखाएको छ ।

कास्की क्षेत्र नम्बर १ मा कुल मतदाता सङ्ख्या १ लाख १६ हजार ८ सय ७८ रहेको थियो । जसमा पुरुष ५६ हजार ७६, महिला ६० हजार ७ सय ९४ र अन्य १ जना रहेका छन् । यो सङ्ख्या २०७९ को निर्वाचनको तुलनामा ५.६ प्रतिशतले वृद्धि भएको हो ।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । कुल मतदान प्रतिशत करिब ६१ प्रतिशत रहेको छ । अन्तिम गणनाअनुसार सदर मत ६६ हजार ९ सय ६५ र बदर मत ३ हजार ४७ रहेको छ ।

बदर मतको प्रतिशत करिब ४.५ रहेको छ । बहु छाप तथा मतदाता शिक्षाको कमीका कारण बदर मत भएको निर्वाचन अधिकृतहरूले बताएका छन् ।

Author

Related News