मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

लायन्स क्लब जोन १२ को तेस्रो एडभाइजरी बैठक सम्पन्न

पोखरा लायन वर्ष २०२५–२६ को थिम “खुशीका लागि सेवा” लाई आत्मसात गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, नेपाल अन्तर्गत क्लस्टर २, रिजन ६, जोन १२ मा आबद्ध लायन्स क्लब अफ पोखरा आँखिझ्यालको आयोजनामा तेस्रो एडभाइजरी कमिटी बैठक पोखरा-९ न्यूरोडमा सम्पन्न भएको छ ।

कार्यक्रम जोन १२ का जोन चियर पर्सन इन्जिनियर लायन नेत्रप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विधिवत् शुभारम्भ घोषणा, राष्ट्रिय गान, राष्ट्रिय झण्डाको अभिवादन र विश्वशान्तिका लागि एक मिनेट मौन प्रार्थनापछि स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथि डिष्ट्रिक्टका जीएलटी कोअर्डिनेटर लायन लक्ष्मण तिमिल्सिनाले लायन्स क्लब सामाजिक सेवामा समर्पित संस्था भएकाले पारदर्शी र प्रभावकारी कार्यसम्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले मानवअधिकार, सामाजिक न्याय तथा पछाडि पारिएका समुदाय र क्षेत्रहरूमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिनु भयो ।

बैठकमा क्लबका गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्षका लागि निर्वाचन समिति गठन, पियु १०१ फारम र यसको महत्व, क्लब पदाधिकारीहरूको पदस्थापना तथा नयाँ सदस्यहरूको सपथ ग्रहण, लेखापरीक्षण तथा लेखा व्यवस्थापन,  क्लब अफिसर्स ओरियन्टेसन कार्यक्रम, क्लब हेल्थ एसिस्टेन्स रिपोर्ट, लिडरसिप तथा अनलाइन अध्ययन कार्यक्रमबारे छलफल गरिएको थियो ।

यसैगरी आगामी डिष्ट्रिक्ट क्याबिनेट, मल्टिपल तथा अन्तर्राष्ट्रिय कन्भेन्सनका लागि प्रतिनिधि तथा वैकल्पिक प्रतिनिधि चयन, क्लबका समस्या तथा आगामी कार्ययोजना, अवार्डका लागि आवश्यक फारमहरू भर्ने प्रक्रिया, डिष्ट्रिक्टका नवनिर्वाचित गभर्नर तथा डिजी टिमको स्वागत तथा सम्मान कार्यक्रमलगायत विविध विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा स्काइ टाउनका द्वितीय उपाध्यक्ष लायन प्रेमबहादुर कुँवर, लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याण्डका अध्यक्ष लायन यज्ञबहादुर नेपाली तथा आयोजक क्लबका अध्यक्ष लायन माधवप्रसाद आचार्यले पछिल्लो तीन महिनामा सम्पन्न गतिविधिबारे अध्यक्ष, सचिव र कोषाध्यक्षको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

लायन वर्ष २०२५/२६ का रिजन-६ का रिजन चिफपर्सन लायन नरकुमार सुनार (शिव) र जोन-९ का चियर पर्सन लायन प्रेमबहादुर क्षेत्रीले लायन्स क्लबको काम, कर्तव्य र उत्तरदायित्वबारे आआफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा तीन ओटै क्लबका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव र कोषाध्यक्ष (पिभिएटी)हरूको सक्रिय सहभागिता रहेको थियो ।

Author

Related News