मानव आवाज

२०८३ श्रावण २ गते
00: 00: 00
२०८३ श्रावण २ गते

पोखरा फोटोग्राफर सङ्घको ४५औँ स्थापना दिवसमा ४६ युनिट रगत सङ्कलन

पोखरा । पोखरा फोटोग्राफर सङ्घले आफ्नो ४५औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रगत सङ्कलन गरेको छ ।

“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा २०८३ साउन २ गते पोखरा महानगरपालिका–८ स्थित मानवअधिकार चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ४६ जना स्वयम्सेवी रक्तदाताले रक्तदान गरेका सङ्घले जनाएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा कैलास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खडानन्द अधिकारीले सङ्घका संरक्षक तथा ७३औँ पटक रक्तदान गरेका गणेशलाल श्रेष्ठ (छवि)लाई ब्लड ब्याग हस्तान्तरण गरेर गर्नुभएको थियो ।

उद्घाटनपछि बोल्दै अध्यक्ष अधिकारीले रक्तदान मानव जीवन बचाउने सबैभन्दा महत्वपूर्ण सामाजिक सेवामध्ये एक भएको उल्लेख गर्दै यस्ता मानवीय अभियानलाई निरन्तरता दिन सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराकी स्टाफ नर्स यमुना केसीले पोखरामा पछिल्लो समय रगतको अभाव बढ्दै गएको बताउँदै स्वस्थ व्यक्तिलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्नुभयो ।

उहाँले विशेषगरी एबी पोजेटिभ समूहको रगत अभावमा रहेको जानकारी दिँदै विभिन्न सङ्घसंस्थालाई नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल फोटोग्राफर महासङ्घका उपाध्यक्ष दुर्गाप्रसाद पौडेल, फोटोग्राफर सङ्घ गण्डकीका वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी तथा लायन्स क्लब अफ पोखरा दर्पणका अध्यक्ष अग्निधर तिमिल्सिनालगायतले रक्तदानले रगतको अभाव न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष भक्तबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नन्दकला पौडेलले स्वागत मन्तव्य र सचिव लक्ष्मीपति पौडेलले सञ्चालन गर्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा पोखरा फोटोग्राफर सङ्घले पाँचौँ फोटोग्राफी अवार्डको समेत घोषणा गरेको छ । सङ्घका कोषाध्यक्ष अग्निधर तिमिल्सिनाका अनुसार विभिन्न नौ विधामा उत्कृष्ट नौ जना फोटोग्राफरलाई आगामी भदौ महिनामा आयोजना गरिने विशेष समारोहमार्फत अवार्ड प्रदान गरिनेछ ।

Author

Share the News

Recent News

Related News