मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

मार्तडीमा आगलागी, करोडौँ रुपियाँको क्षति

धनगढी । बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा २०८२ मङ्सिर १६ गते आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मीराज जोशीले जानकारी दिनु भयो ।

पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासी आगो लागेको बताइएको छ ।

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ ।

सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको इन्स्पेक्टर जोशीले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । करोडौँ रुपियाँको क्षति भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

Author

Related News