सेन्ट पल युनिभर्सिटी क्यानाडाका प्रतिनिधिसँग शान्ति अभियान (पिस प्रोफेसनल)ले स्थानीय समुदाय, राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा हुने तालिममा सुधार ल्याउन मूल्याङ्कन प्रणालीको विकास गर्ने र सो को परिक्षण कसरी गर्न सकिन्छ भने उद्देश्यले २०८२ भदौ ८ गते पोखरामा क्रियाशिल अधिकारकर्मी बिच अन्तर सम्वाद एवम् छलफल सम्पन्न भएको छ ।
अन्तर सम्वादमा चेतना नै शान्तीको प्रतीक रहेको ,शान्तिका लागि पहिचान स्थापित, आर्थिक अधिकारमा पहुँच, अनुशासित र नैतिकवान एवं आचरणमा नबस्दा सम्म अर्कोलाई प्रतिप्रश्न गर्न नमिल्ने, म बाट हामीमा जानु पर्यो, शान्ति अध्ययन र पाठ्यक्रममा पनि सुधार कसरी गर्न सकिन्छ, सहअस्तित्व स्विकार्नु पर्ने, शान्ति कायम राख्न दुःखलाई घटाउदै र खुशीलाई बढाउदै लैजान सकियो भने यसले सार्थकता पाउने अपेक्षा गरिएको थियो ।
शान्ति निर्माण सम्बन्धी काम र अनुभवको परिप्रेक्ष्यमा प्रमुख मान्यता, सीप र दक्षताहरूको सम्बन्धमा छलफल (अन्तर्दृष्टि) कसरी थाहा पाउन सकिन्छ, शान्तिसम्बन्धी अनुसन्धान र अभ्यासमा ज्ञानको प्रगतिमा मात्रै होइन, यसले पिस प्रोफेसनलहरूको प्रतिकृया गर्ने क्षमताको सुधार गर्न व्यापक किसिमको मूल्याङ्कन प्रणालीको सृजना गर्न कस्तो योगदान पुर्याउँछ भन्ने विषयमा गहन छलफल भएको थियो ।
छलफलमा बिगतको द्वन्द्वको अनुभव आदानप्रदान, कारण भावानात्मक रूपले कसैलाई दोषारोपण गर्ने किसिमको अथवा यसले राजनीतिक रूपमा आफ्नो विचान र भावनालाई गहिरो रूपले प्रतिबिम्बित गराउने किसिममा पनि सामुहिक सम्वाद भएको थियो ।
शान्ति अभ्यास, अध्ययन र शिक्षाका लागि यस छलफलले महत्त्वपूर्ण सवालमा नतिजा निकाल विभिन तरिका र माध्यमहरु जस्तैः प्रस्तुतीकरण, प्रकाशन, लेखहरू, अन्तर्वार्ताबाट थप टेवा पुर्याउनेमा सहभागीहरूले जोड दिनु भएको छ ।
छलफलमा सेन्ट पल युनिभर्सिटी क्यानाडाका प्रतिनिधि कुमबहादुर गरूङ, नागरिक मञ्च गण्डकीका अध्यक्ष बिष्णुप्रसाद बराल, बरिष्ठ अधिकारकर्मी एवम् गैससका निर्वतमान अध्यक्ष रामप्रसाद सुवेदी, अधिकारकर्मी खेमराज पौडेल, ढाकाराम पौडेल, फेडोका प्रदेश अध्यक्ष सुमित्रा गायक, कार्यक्रम संयोजक इश्वरी विक, मानवअधिकार एलाइन्स कास्कीका अध्यक्ष मधु पन्थी, गोरेटोका विमला गुरूङ, ईन्जिनियर रितेश बराललगायतले शान्ति प्रक्रिया र द्वन्द्वको समयमा नागरिक समाज र शान्तिको क्षेत्रमा क्रयाशिल व्यक्तिहरूले खेलको भूमिकाको समीक्षा सहित अनुभव आदानप्रदान गर्नु भएको थियो ।







