मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

पोखरामा बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको १५ औं अन्तर्राष्ट्रिय दिवस मनाईयो 

गण्डकी प्रदेशको राजधानी पोखरामा मानवअधिकार क्षेत्रमा  क्रियाशील विभिन्न १५ ओटा सामाजिक संघ संस्थाहरूले संयुक्त रूपमा अगष्ट ३० अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झानामा विश्वभर मनाइने अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा  

 बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको १५ औं अन्तर्राष्ट्रिय दिवस आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्काले जानकारी दिनु भयो । 

तीन दिवसीय कार्यक्रम अन्तरर्गत २०८२ भदौ १३ गते रेडियो सम्वाद, १४ गते  बेपत्ताको सम्झनामा दीप प्रज्वलन र  १५ गते परिपुरण र बेपत्ता परिवारको अधिकार विषयक सम्वाद कार्यक्रम आयोजना गरिएको राष्ट्रिय  मानवअधिकार आयोग पोखराका अधिकृत कृष्णप्रसाद अधिकारीले बताउनु भयो ।

इन्सेकको तथ्याङ्क अनुसार बलपूर्वक बेपत्ता पारिएका नागरिकहरूको संख्या ९ सय ३१ जना रहेको इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारीले जानकारी दिनु भयो । 

एड्भोकेसी फोरमका संयोजक एवं अधिवक्ता कुञ्जनी परियार प्यासीले यो दिवस सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट सुरूआत भएको  बताउनु भयो ।

कार्यक्रममा  अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, पीडित परिवारका सदस्यहरू गरि ६० जनाक‍ो सहभागीता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार