मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

लायन्स क्लव अफ फेवा फुलबारीले गर्यो वृक्षारोपण 

पोखरा । पोखराको पर्यटकीय स्थल घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिषरमा वृक्षारोपण गरिएको छ।

लायन्स क्लब अफ पोखरा फेवा फुलबारीको आयोजनामा भएको कार्यक्रममा पारिजात , गुलमोहर लगायतका विभिन्न प्रजातिका फूल तथा विरूवा रोपिएको थियो।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विरूवा रोपेर मात्र नहुने बताउँदै, यसको नियमित गोडमेल र संरक्षण महत्वपूर्ण हुने बताउनु भयो।

यसै अवसरमा क्लबले विपन्न वर्गका सात जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै मन्दिरका लागि फोहोर सङ्कलन सामग्री पनि हस्तान्तरण गरेको छ।

लायन्स टोलीले मन्दिर परिसरमा रहेका बोटविरुवा गोडमेल गर्नुका साथै सरसफाई समेत गरेको लायन दिवस पौडेलले जानकारी दिनु भएको छ ।

Author

Share the News

Related News