मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

चर्चित रेस्लर हल्क होगनको निधन

ललितपुर । विश्वप्रसिद्ध रेसलर तथा डब्ल्यूडब्ल्यूई हल अफ फेमर हल्क होगन (७१) को हृदयाघातका कारण निधन भएको बीबीसीले जनाएको छ।

वास्तविक नाम टेरी जीन बोलिया रहेका होगनले १९८०–९० को दशकमा “हल्कमेनिया” अभियानमार्फत डब्ल्यूडब्ल्यूईलाई विश्वव्यापी लोकप्रियता दिलाउनु भएको थियो ।

सन् १९८४ मा आयरन शेखलाई हराएर डब्ल्यूडब्ल्यूएफ च्याम्पियनशिप जित्दै उहाँले आफ्नो सुनौलो युगको सुरुवात गर्नु भएको थियो ।

फ्लोरिडामा २०८२ साउन ८ गते बिहीबार (जुलाई २४, २०२५) बिहान हृदयाघात भएपछि उहाँलाई अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको बताइएको छ ।

डब्ल्यूडब्ल्यूईले आधिकारिक वक्तव्य जारी गर्दै उहाँको निधनमा गहिरो शोक प्रकट गरेको छ।

Author

Related News