मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

कास्की प्रहरीद्वारा एक वर्षमा ८ सय ४ जना ‘फरार’ प्रतिवादी पक्राउ  

मधु पन्थी, पोखरा ।

जिल्ला प्रहरी कार्यालय, कास्की र मातहत रहेको प्रहरी कार्यालयबाट खटिएका प्रहरीले एक वर्षको अवधिमा ८ सय ४ जना ‘फरार’ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी श्यामबाबु ओलियाले जानकारी दिनु भयो ।

अदालतबाट दोषी ठहर भएर पनि लामो समयदेखि ‘फरार’ रहँदै आएका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता एवम् यस अवधिमा प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको एसपी ओलियाले बताउनु भयो ।

आर्थिक वर्ष २०८१/२०८२ (२०८१ साउन १ गतेदेखि २०८२ असार ३२ सम्म) को अवधिमा ‘फरार’ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी हरिबहादुर  बस्नेतले बताउनु भयो ।

अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिबाना भुक्तान गर्न बाँकी रहेकामध्ये पक्राउ पर्नेमा ६ सय ४ जना पुरुष र २ सय जना महिला रहेका पनि प्रवक्ता बस्नेतले बताउनु भयो ।

उनीहरूबाट ६१ वर्ष २ महिना १५ दिन कैद सजाय र १० करोड १२ लाख एक हजार ३ सय ७१ रूपियाँ जरिबाना असुल गर्न अदालतमा उपस्थित गराइएको बस्नेतले जानकारी दिनु भयो ।

Author

Related News