मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

वरिष्ठ पत्रकार श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा सर्वसम्मत

ललितपुर । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।

अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुनुहुन्छ ।

काउन्सिलको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

नेपाल (श्रेष्ठ) को प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरूमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा रहनु भएको समाचारमा जनाइएको छ ।

काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्ष अली हान्सेर्ली (साइप्रस) चयन हुनु भएको छ ।

तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिव र टर्कीका तामेर अताबारुत कोषाध्यक्षमा चयन हुनु भएको छ । सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधि सहभागी छन् ।

Author

Related News