मधु पन्थी, पोखरा ।
सामाजिक सेवामा समर्पित संस्था लायन्स ईन्टरनेशनल ३२५ एम अन्तर्गत क्लस्टर १, रिजन ३ र जोन ६ मा पर्ने लायन्स क्लब अफ पोखरा स्काईटाउनको लायन वर्ष २०२४/२५ को कार्यकाल समापन संगै २०२५/२६ को नयाँ कार्य समितिलाई पद, निर्णय पुस्तीका तथा बैठक संचालन समाग्री हस्तान्तरण कार्यक्रम क्लबका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिनाको अध्यक्षतामा एवं क्लबका संस्थापक अध्यक्ष लायन डोलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
विधिवत शुभारम्भ भएको कार्यक्रममा राष्ट्रिय गान, राष्ट्रिय झण्डको अभिवादन, विश्वशान्तिको लागि एक मिनेट मौन प्रार्थना , परिचयात्मक कार्यक्रम, जोन मिटिङ होस्ट गर्ने सम्बन्धमा लगायत विविध विषयमा छलफल गरिएको थियो भने लायन नेत्रप्रसाद तिमिल्सिनाले गत बर्षको सम्पन्न कार्यक्रमको समिक्षा तथा नव निर्वाचिन अध्यक्ष लायन लक्ष्मण पोखरेलले भावि कार्यक्रम एवं योजना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष ला. केशबहादुर के.सी. पूर्व अध्यक्ष पि.एम.जे.एफ ला. रिब बहादुर थापा पूर्व अध्यक्ष ला. मोहनलाल पौडेल पूर्व अध्यक्ष ला. मञ्जु पौडेल भट्टराईले शुभकामना राख्नु भएको थियो । धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष ला. पुष्प पराजुलीले र संचालन लायन मधु पन्थीले गर्नु भएको थियो ।

डिष्ट्रिक गभर्नरको यस वर्षको मूल नारा “खुशिका लागि सेवा ” रहेको छ ।
लायन वर्ष २०२५/२६ को नयाँ कार्य समितिमा अध्यक्ष ला. लक्ष्मण पोखरेल, प्रथम उपाध्यक्ष ला. पुष्प पराजुली, द्धितिय उपाध्यक्ष ला. प्रेमबहादुर कुंवर, तृतिय उपाध्यक्ष ला. लिलाबल्लव न्यौपाने, सचिव ला. मधु पन्थी र कोषाध्यक्ष ला. ढाकाराम पौडेलरहनु भएको छ ।