काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०८४ वैशाखमा र प्रदेश सभाको निर्वाचन २०८४ मङ्सिरमा गर्ने प्रस्ताव गरेको छ । यो मिति नियमित निर्वाचनको मिति पनि हो ।
आयोगले २०८४ मङ्सिर ४ गते राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा आयोगले यस्तो तालिका प्रस्ताव गरेको हो ।
छलफलमा नेकपाका संयोजक पुष्पकमल दाहालले स्थानीय तहको वैशाखमा र प्रदेशको मङ्सिरमा चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव उपयुक्त देखिएको बताउनुभयो ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । प्रदेशको निर्वाचन २०७९ मङ्सिर ४ गते भएको थियो ।