मानव आवाज

२०८३ मङ्सिर ५ गते
00: 00: 00
२०८३ मङ्सिर ५ गते

कमलामाईका दुई वडामा नयाँ उद्यमी सिर्जना कार्यक्रम सम्पन्न

सिन्धुली । कमलामाई नगरपालिकाका वडा नं. ४ र ५ मा नयाँ उद्यमी सिर्जना कार्यक्रमअन्तर्गत सञ्चालित वडा स्तरीय अभिमुखीकरण तथा सहभागितात्मक ग्रामीण लेखाजोखा (पीआरए) कार्यक्रम सम्पन्न भएको छ ।

कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवर्धन शाखाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सङ्घीय सशर्त अनुदान र नगरपालिकाको लागत साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममार्फत स्थानीयस्तरमा उद्यमशीलताको विकास, सम्भावित उद्यमीको पहिचान तथा उपलब्ध स्रोतसाधनको सम्भाव्यता अध्ययन गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा स्थानीय बुद्धिजीवीहरूको सक्रिय सहभागितामा विभिन्न सहभागितात्मक विधि प्रयोग गरी अध्ययन तथा छलफल गरिएको थियो ।

घरधुरी सर्वेक्षण, गतिशील नक्साङ्कन, सम्बन्ध नक्सा, सामाजिक स्रोत नक्सा, मौसमी पात्रो तथा सम्पन्नता स्तरीकरणजस्ता विधिमार्फत स्थानीय अवस्था, उपलब्ध स्रोतसाधन र उद्यमका सम्भावनाबारे जानकारी सङ्कलन गरिएको थियो ।

कार्यक्रमले स्थानीय आवश्यकता, उपलब्ध स्रोतसाधन र बजारको सम्भाव्यतालाई ध्यानमा राख्दै लक्षित सहभागीलाई नयाँ उद्यमी समूह गठन गर्न सहजीकरण गरेको छ ।

साथै, स्थानीयस्तरमै सञ्चालन गर्न सकिने सम्भावित उद्यम तथा सीप छनोटका लागि समेत सहयोग पुगेको नगरपालिकाले जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार