सिन्धुली । प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । २०८३ मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई आयोगमा सरुवा गर्ने निर्णय गरेको हो ।
मकवानपुरबाट सरुवा भएर २०८२ कात्तिक १८ गते सिन्धुली आउनुभएकी श्रेष्ठले एक वर्षभन्दा बढी समय जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्नुभयो ।
मन्त्रिपरिषद्को निर्णयसँगै अब उहाँ जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने हुनुभएको छ ।
सरकारले मङ्सिर ४ गते एकैपटक राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव तथा सोसरहका ३२ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
उक्त निर्णयसँगै सङ्घीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्मका विभिन्न प्रशासनिक जिम्मेवारीमा हेरफेर भएको छ ।
सरुवा निर्णयले हेटौँडा उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकाको प्रशासनिक नेतृत्वसमेत परिवर्तन गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीलाई अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ भने अर्थ मन्त्रालयमा कार्यरत निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, रिवलाल शर्मालाई हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय भएको छ ।