मानव आवाज

२०८३ कात्तिक १७ गते
00: 00: 00
२०८३ कात्तिक १७ गते

फेडोको अध्यक्षमा रेणु सिजापती निर्वाचित

देउखुरी । दलित महिला सङ्घ (फेडो) को अध्यक्षमा रेणु सिजापती निर्वाचित हुनुभएको छ। संघको ३२औँ वार्षिक साधारण सभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनबाट सिजापतीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

रेणु सिजापति

बुटवलमा २०८३ कात्तिक १५ गते सम्पन्न महाधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि सिजापतीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको दलित महिला सङ्घ (फेडो) का केन्द्रीय कार्यक्रम प्रबन्धक नरेश सोवले जानकारी दिनुभयो ।

महाधिवेशनले सङ्घको नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि संस्थाको जिम्मेवारीसमेत हस्तान्तरण गरेको छ ।

उपाध्यक्षमा सरस्वती मण्डल, महासचिवमा हेमा सुनार, सचिवमा सिवनी ल्वागन, कोषाध्यक्षमा जानुका घताने निर्वाचित हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा सुमित्रा गायक, निर्मला विक, रेजिना हिमाङ्ग र रोजिना घताने रहनु भएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार