मानव आवाज

२०८३ असोज १८ गते
00: 00: 00
२०८३ असोज १८ गते

धरान ओपन गल्फ प्रतियोगिताको उपाधि देवानलाई

विराटनगर । धरान ओपन गल्फ प्रतियोगिताको उपाधि चन्द्र देवानले जित्नु भएको छ । रोटरी क्लब अफ हिमालयन गल्फर्सको आयोजनामा धरानस्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको नेटतर्फको उपाधि देवानले जित्नु भएको हो ।

देवानले उपाधि जित्दै गर्दा नेटतर्फको दोस्रो स्थान देव बुत्ताङले हात पर्नु भएको छ । ६२ जना खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा महिलातर्फ आस्था दुलालले उपाधि जित्दै गर्दा दोस्रो स्थान अदित्री राणाले हासिल गर्नु भएको छ ।

प्रतियोगितामा रोटेरियनतर्फ विमला श्रेष्ठले, सिनियरतर्फ हर्कराज राई र सुपर सिनियरतर्फको उपाधि भाईराजा पाण्डेले हात पार्नु भएको छ ।

त्यस्तै, नोभेल्टी पुरस्कार अन्तर्गत विराज श्रेष्ठले ‘क्लोजेस्ट टु द पिन’, सिद्धार्थ राईले ‘लङ्गएस्ट ड्राइभ’, भीम दाहालले ‘मस्ट बर्डिज’ जित्दा ‘स्ट्रेट लाइन’ तर्फ रत्न थापाले पुरस्कार जित्न सफल हुनुभएको कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजयीलाई अध्यक्ष प्याकुरेल, उद्यमी उदिम राई, धरान गल्फ क्लबका अध्यक्ष बुद्धिमान सुनवार, व्यवसायी मनमोहन सिंह, प्रदिप सारडा, प्रो गल्फर निरोज तामाङलगायतले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

Author

सम्बन्धित समाचार