रुद्रबहादुर खड्का, Author at मानव आवाज https://www.manavaawaj.com तथ्य, तर्क र परिवर्तनको आवाज Thu, 30 Apr 2026 01:36:56 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://www.manavaawaj.com/wp-content/uploads/2026/04/cropped-LOGO_MN-32x32.png रुद्रबहादुर खड्का, Author at मानव आवाज https://www.manavaawaj.com 32 32 कमलामाईमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सफल, ५६ घटना दर्ता https://www.manavaawaj.com/personal-incident-registration-week-a-success-in-kamalamai/ Thu, 30 Apr 2026 01:26:33 +0000 https://www.manavaawaj.com/?p=11682 सिन्धुली । कमलामाई नगरपालिकाले सञ्चालन गरेको ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सफलतापूर्वक सम्पन्न भएको छ । २०८३ वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालन गरिएको अभियानले नागरिकका आधारभूत अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको नगरपालिकाले जनाएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइजस्ता व्यक्तिगत घटनाहरूलाई सरकारी अभिलेखमा समेटी प्रत्येक नागरिकलाई कानुनी पहिचान दिलाउने उद्देश्यसहित ... Read more

The post कमलामाईमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सफल, ५६ घटना दर्ता appeared first on मानव आवाज.

]]>
सिन्धुली । कमलामाई नगरपालिकाले सञ्चालन गरेको ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सफलतापूर्वक सम्पन्न भएको छ ।

२०८३ वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालन गरिएको अभियानले नागरिकका आधारभूत अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको नगरपालिकाले जनाएको छ ।

जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइजस्ता व्यक्तिगत घटनाहरूलाई सरकारी अभिलेखमा समेटी प्रत्येक नागरिकलाई कानुनी पहिचान दिलाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको कमलामाई नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाका एमआईएस अपरेटर भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार अभियानमार्फत ५६ ओटा व्यक्तिगत घटना दर्ता गरिएको छ । नियमित रूपमा दर्ता हुने क्रम जारी रहे पनि निश्चित समयसीमाभित्र सबै नागरिकलाई दर्ताको दायरामा ल्याउने लक्ष्यका साथ सप्ताहव्यापी अभियान सञ्चालन गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाले जनाएको छ ।

विशेषगरी घटना भएको ३५ दिनभित्र दर्ता गराउने संस्कार विकास गर्न नगरपालिकाले प्राथमिकता दिएको श्रेष्ठले बताउनुभयो ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार सन् २०२४ सम्ममा शतप्रतिशत जन्मदर्ता सुनिश्चित गर्ने लक्ष्य लिएको सन्दर्भमा नगरपालिकाले पनि उक्त लक्ष्यलाई आत्मसात् गर्दै अभियानलाई निरन्तरता दिएको श्रेष्ठले बताउनुभयो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशनअनुसार अभियान सञ्चालन गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

यसअघि आर्थिक वर्ष २०७७/७८ मा १४ वडामा लक्षित अभियान सञ्चालन गरिएको अनुभवका आधारमा यसपटक कार्यक्रमलाई थप व्यवस्थित बनाइएको जनाइएको छ ।

अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले विभिन्न प्रचारप्रसारका माध्यम अपनाएको थियो ।

स्थानीय पत्रपत्रिका तथा रेडियो-एफएममार्फत सूचना प्रकाशन तथा प्रसारण गर्नुका साथै वडा कार्यालयहरूमा आवश्यक कागजातसम्बन्धी जानकारी समेटिएका फ्लेक्स, पम्पलेट तथा ब्रोसर वितरण गरिएको थियो ।

सबै वडामा अटोमार्फत माइकिङ गरी नागरिकलाई जानकारी गराइएको सामाजिक सुरक्षा शाखाले जनाएको छ ।

हाल कमलामाई नगरपालिकाका सबै १४ वडामा व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमार्फत हुने व्यवस्था गरिएको छ ।

यस प्रणालीका कारण सेवाग्राहीहरूले आवश्यक कागजात पेश गरेपछि तत्कालै डिजिटल प्रमाणपत्र प्राप्त गर्न सक्ने सुविधा उपलब्ध भएको छ । यसले सेवा प्रवाहलाई छरितो, सहज र पारदर्शी बनाएको नगरपालिकाको दाबी छ ।

व्यक्तिगत घटना दर्ता नागरिकको आधारभूत अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । यसले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, विद्यालय भर्ना गर्न, राहदानी बनाउन तथा अन्य सरकारी सेवा लिन अनिवार्य भूमिका खेल्ने भएकाले यसको महत्व अझ बढेको देखिन्छ ।

कानुनी व्यवस्था अनुसार घटना भएको ३५ दिनभित्र दर्ता गराएमा सेवा निःशुल्क पाइनेछ भने सो अवधि नाघेपछि २ सय रुपियाँ शुल्क लाग्ने प्रावधान छ ।

नगरपालिकाले अझै दर्ता हुन बाँकी रहेका नागरिकलाई यथाशीघ्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी घटना दर्ता गराउन अनुरोध गरेको छ। सप्ताह सकिए पनि पञ्जीकरणसम्बन्धी कार्य नियमित रूपमा जारी रहने जनाइएको छ ।

यसैबिच, २०८२ सालदेखि ३५ दिनभित्र घटना दर्ता गर्ने व्यक्ति वा सूचकलाई सम्मान गर्ने कार्यक्रम ल्याउने तयारी गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ ।

यस्तो प्रोत्साहनमूलक कार्यक्रमले समयमै दर्ता गर्ने प्रवृत्तिलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

The post कमलामाईमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सफल, ५६ घटना दर्ता appeared first on मानव आवाज.

]]>