ललितपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यही मङ्सिर १२ गतेदेखि सातै प्रदेशमा एकता सन्देशसभा आयोजना गर्ने भएको छ ।
नेकपाका संयोजक र सहसंयोजकद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार नेकपाले २०८२ मङ्सिर १२ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय एकता सन्देशसभा हुनेछ ।
यसैगरी मङ्सिर १३ गते लुम्बिनी प्रदेशको दाङ देउखुरीमा, मङ्सिर १४ गते गण्डकी प्रदेशको पोखरामा, मङ्सिर १५ गते कोशी प्रदेशको विराटनगरमा सभा आयोजना हुनेछ ।
सो पार्टीका अनुसार मङ्सिर १७ गते उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौंमा, मङ्सिर १८ गते कर्णाली प्रदेशको सुर्खेतमा, मङ्सिर १९ गते सङ्घीय समन्वय प्रदेश अन्तर्गत काठमाडौंमा, मङ्सिर २० गते मधेश प्रदेशको जनकपुरधाममा, मङ्सिर २१ गते प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुनेछ ।
यसैगरी मङ्सिर २३ गते बागमती प्रदेश अन्तर्गत हेटौंडामा, मङ्सिर २६ गते प्रदेश कार्यालयहरूको निर्णयअनुसार सबै जिल्लाहरूमा एकतासभा आयोजना हुने नेकपाले जनाएको छ ।
पार्टी एकतापछिको यि कार्यक्रमहरूमा पार्टीका शीर्ष तहका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
