मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

मानव आवाज सहकर्मी पन्थी सम्मानित

पोखरा । अधिकारकर्मी तथा पत्रकार मधु पन्थी कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनका अवसरमा सम्मानित हुनुभएको छ ।

समाज रूपान्तरणमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने क्रममा फाउण्डेसनले मानव आवाज सहकर्मी पन्थीलाई सम्मान गरेको हो ।

पन्थी विगत साढे दुई दशकभन्दा लामो समयदेखि मानव अधिकारको क्षेत्रमा र केही वर्षयता पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।

विशेषगरी शिक्षा, स्वास्थ्य, खाद्य अधिकार तथा मानवअधिकारका विषयमा कलममार्फत सूचना र समाचार जनसमक्ष पुर्‍याउँदै आउनुभएका पन्थीले सामाजिक सरोकारका विषयलाई निरन्तर उठाउँदै आउनुभएको छ ।

पोखरामा सम्पन्न कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पन्थीसहित विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्व तथा संस्थाका प्रतिनिधिलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा एक्सन अटोनमि नेपाल पोखराका अध्यक्ष बोधराज पौडेल, एजुकेसन फर लाइफका कृष्ण पोखरेल र पर्यटन व्यवसायी विकास पहारीसमेत सम्मानित हुनुभएको थियो ।

सम्मान ग्रहण गर्दै पन्थीले सामाजिक क्षेत्रका सकारात्मक कामलाई प्रोत्साहन गर्ने यस्ता सम्मानले सामाजिक अभियानमा थप जिम्मेवारीबोध गराउने बताउनुभयो ।

दुर्गम तथा पछाडि पारिएका क्षेत्रका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले २०७२ सालदेखि सक्रिय फाउण्डेसनले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार