मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

संसद विघटन फिर्ताका लागि आठ दल मिले

ललितपुर । प्रतिनिधिसभाको निर्वाचन २०७९ बाट निर्वाचित आठ ओटा राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भनेका छन् ।

विद्यमान संसदमा आठ ओटा राजनीतिक दलसँग दुई तिहाई बहुमत रहेको छ । २ सय ७४ सदस्यीय प्रतिनिधिसभामा यि दलसँग २ सय ३० जना प्रतिनिधिसभा सदस्य रहेका छन् ।

‘यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ भदौ २७ गते प्रतिनिधिसभा विघटन गर्नु भएको थियो ।

Author

Related News