मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मनाङ १(२) प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता भदौ १९ देखि

ललितपुर । मनाङ क्षेत्र नम्बर १(२) मा रिक्त भएको गण्डकी प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि दल दर्ता भदौ १९ देखि २५ गतेसम्म खुल्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दल दर्ताको निवेदन आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार आवश्यक विवरण र कागजातहरू संलग्न गर्नुपर्ने स्पष्ट पारेको छ ।

उपनिर्वाचन राजीव गुरुङ (दीपक मनाङे) को ज्यान मुद्दामा दोषी ठहर भइ पद रिक्त भएपछि हुने भएको हो ।

Author

Related News