मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सिजपको अध्यक्षमा अधिकारकर्मी तिलोत्तम पौडेल

ललितपुर । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को नवौँ वार्षिक साधारणसभाले अधिकारकर्मी तिलोत्तम पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हेमराज जोसी र कुमारी ममता झा, महासचिवमा राजु घिमिरे र कोषाध्यक्षमा सम्झनाकुमारी मल्ल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी प्रदेश प्रतिनिधित्व अनुसार सदस्यहरूमा कोशीबाट गीता अधिकारी, मधेशबाट सञ्जयकुमार कुशवाहा, बागमतीबाट शिवप्रसाद खकुरेल, गण्डकीबाट केशवप्रसाद पौडेल, लुम्बिनीबाट शिवलाल पाण्डे, कर्णालीबाट केशव आचार्य र सुदूरपश्चिमबाट गीताकुमारी रावल चयन हुनुभएको छ ।

खुलातर्फका सदस्यमा पिङ्की सिं राणा, शान्ताकुमारी दाहाल र कुन्जनी परियार प्यासी निर्वाचित हुनुभएको छ ।

Author

Related News