मानव आवाज

२०८३ मङ्सिर ७ गते
00: 00: 00
२०८३ मङ्सिर ७ गते

हरिहरपुरगढीको चारखोलामा पक्की पुल निर्माण सुरु

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका-५, चारखोलामा पक्की पुल निर्माण हुने भएको छ । गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले २०८३ मङ्सिर ६ गते पुलको शिलान्यास गर्नुभएको हो ।

पुल निर्माणका लागि भ्याटसहित ५ करोड ७२ लाख ९४ हजार ८ सय ४४ रुपियाँ ९ पैसा लागत अनुमान गरिएको छ ।

पुल निर्माणको जिम्मा पाएको सिर्जना निर्माण सेवा, तीनपाटन-२, सिन्धुली र गाउँपालिकाबिच २०८३ असार १२ गते सम्झौता भएको गाउँपालिकाले जनाएको छ । सम्झौताअनुसार २०८४ पुस ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष वाईबाले गाउँपालिकाको सडक तथा पुलको वर्तमान अवस्थालाई विश्लेषण गर्दै दिगो र भरपर्दो पूर्वाधार विकासमा जोड दिनुभयो । उहाँले पूर्वाधार निर्माणलाई प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिकाभित्र यातायातको सहज पहुँच विस्तार गर्न सडक तथा पुल निर्माणका लागि रेखाङ्कन, सीमाङ्कन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी प्राथमिकताका आधारमा क्रमशः निर्माण कार्य अघि बढाउने योजना रहेको अध्यक्ष वाईबाले जानकारी दिनुभयो ।

स्थानीय स्रोतको प्रवर्धन र राजस्व वृद्धिमा योगदान पुर्‍याउने उद्देश्यसमेत राखिएको पुल निर्माणले स्थानीयवासीको आवागमन सहज बनाउनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पुल शिलान्यास कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको हरिहरपुरगढी गाउँपालिका-५ को वडा कार्यालयले जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार