मानव आवाज

२०८३ मङ्सिर ४ गते
00: 00: 00
२०८३ मङ्सिर ४ गते

चिल्ड्रेन नेपालद्वारा ४६ बालबालिकालाई शैक्षिक सामग्री र न्यानो स्वेटर वितरण

पोखरा । अन्तर्राष्ट्रिय बाल अधिकार दिवस-२०२६ को अवसरमा चिल्ड्रेन नेपालले ४६ जना बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो स्वेटर वितरण गरेको छ ।

पोखरा महानगरपालिका-७ स्थित संस्थाको कार्यालय परिसरमा २०८३ मङ्सिर ४ गते आयोजित कार्यक्रममा श्रीकृष्ण माध्यमिक विद्यालय र जनप्रिय माध्यमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो स्वेटर वितरण गरिएको हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास महाशाखाकी अधिकृत विष्णुकुमारी चापागाईंले बालबालिकाको हित, अधिकार र समग्र विकासका लागि चिल्ड्रेन नेपालले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले बालबालिकामा गरिने लगानी नै समाजको समृद्ध भविष्य निर्माणको आधार भएको बताउँदै शिक्षा, संरक्षण, सहभागिता र क्षमता विकासका लागि प्रदेश सरकार तथा सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

त्यसैगरी अधिकृत देवी शर्माले बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो स्वेटर वितरण गर्दै अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले बालबालिकाको अधिकार सुनिश्चित गर्नु परिवार, विद्यालय, समुदाय र सरकारी निकाय सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।

कार्यक्रममा सिर्जनशील बाल स्वावलम्बन समूहकी सचिव दिपिका सुनारले बालबालिकाको आवाज र सहभागिताको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संस्थाको सहयोगबाट बालबालिकाले विद्यालय शिक्षालाई निरन्तरता दिन, क्षमता विकास गर्न र विभिन्न अवसर प्राप्त गर्न सफल भएको अनुभव सुनाउनुभयो ।

चिल्ड्रेन नेपालकी कार्यक्रम अधिकृत लक्ष्मीदेवी शर्माले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र संस्थाले बालअधिकार तथा शिक्षाको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानबारे जानकारी गराउनुभयो ।

संस्थाका कार्यक्रम संयोजक सुजाता गैरे र होममाया कार्की तथा कार्यक्रम सुपरभाइजर महेन्द्र पौडेल, सुनिता तिमिल्सिना र लीला न्यौपानेले बालबालिकाको अधिकार संरक्षण, शिक्षा र उज्ज्वल भविष्य निर्माणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्दै दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत रमेश सुवेदीले गर्नुभएको थियो । कास्कीमा आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका, दलित, जनजाति, विपन्न तथा जोखिममा रहेका बालबालिकाको अधिकार प्रवर्धन र सामाजिक परिवर्तनका क्षेत्रमा क्रियाशील चिल्ड्रेन नेपालले विभिन्न कार्यक्रममार्फत हालसम्म ४ सयभन्दा बढी बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो स्वेटर वितरण गरिसकेको जनाएको छ ।

संस्थाले बालबालिकाको शिक्षा, संरक्षण, क्षमता विकास, सहभागिता तथा समग्र हितका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार