काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबिच १० बुँदे सहमति गरी एकता घोषणा गरिएको छ ।
नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबाट एकता घोषणा गरिएको हो ।
एकताको सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेकपाको तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेकी छन् । दुई पार्टीबिच एकताको लागि १० बुँदे सहमति भएको छ ।
