काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रिय तहमा हुनुपर्ने सम्पूर्ण तयारीहरू सम्पन्न भइसकेका छन् ।
आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिसकेको बताउनु भयो ।
पछिल्लो जानकारीअनुसार निर्वाचन आयोगका कर्मचारी तथा सुरक्षाकर्मी देशभरका २३ हजार १ सय १२ ओटै मतदान केन्द्रमा पुगिसकेका छन् ।
मतदान केन्द्रमा पुगेका मतदान अधिकृतहरुले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक तयारीहरु गरिरहेका छन् ।
स्थानीय स्तरमा राजनीतिक दलहरू र उम्मेदवारहरूसँग सर्वदलीय बैठक बसेर मतदानको विषयमा साझा बुझाइ तयार गर्ने काम भइरहेको पनि उहाँले बताउनु भयो ।
देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा ६७ ओटा राजनीतिक दलका एक क्वेयर समूहबाट ३ सय ८८ जना महिलासहित ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
२ सय क्वेयर समूहका र ९२ लाख ४० हजार १ सय ३१ महिलासहित १ करोड ८९ लाख ६ सय ८९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।