मानव आवाज

२०८३ कात्तिक २९ गते
00: 00: 00
२०८३ कात्तिक २९ गते

गोलन्जोरको रानीखोला नयाँ गाउँमा एक घर, एक धारा

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ स्थित रानीखोला नयाँ गाउँमा एक घर, एक धारा अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

गाउँपालिका र ब्याक टु लाइफको सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको २०८३ कात्तिक १९ गते उद्घाटन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालका अनुसार कुल ६५ लाख ५ हजार ७ सय ५९ रुपियाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट रानीखोला नयाँ गाउँका ५४ घरधुरी लाभान्वित भएका छन् ।

आयोजना सम्पन्न भई घरआँगनमै धारा निर्माण भएपछि स्थानीय बासिन्दाले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन् ।

सबै नागरिकको घरमा स्वच्छ खानेपानीको सुविधा पुर्‍याउने उद्देश्यले आयोजना निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताउनुभयो ।

गाउँपालिकाका अनुसार आयोजनाअन्तर्गत ६० घनमिटर क्षमताको एउटा आरभीटी (रिजर्भ ट्याङ्की), एउटा इन्टेक र नौ किलोमिटर पाइपलाइन निर्माण तथा विस्तार गरिएको छ । सोही संरचनामार्फत घरघरमा खानेपानी पुर्‍याइएको उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार