मानव आवाज

२०८३ जेष्ठ १३ गते
00: 00: 00
२०८३ जेष्ठ १३ गते

विश्व प्रेस काउन्सिल पनि बोल्यो- पत्रकार श्रेष्ठको विषयमा

काठमाडौं । विश्व प्रेस काउन्सिलले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका प्रधानसम्पादक/अध्यक्ष किशोर श्रेष्ठमाथि गरिएको प्रहरी निगरानी र समाचार स्रोत खुलाउन दिइएको दबाबप्रति गम्भीर आपत्ति जनाएको छ ।

काउन्सिलले विज्ञप्ति जारी गर्दै पत्रकारलाई समाचार लेखेकै आधारमा डर, धम्की, निगरानी र मानसिक दबाब दिनु प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको उल्लेख गरेको छ ।

विश्व प्रेस काउन्सिलका अध्यक्ष डेभिड ओमवोयोले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारशीला भएको उल्लेख गर्दै पत्रकारलाई स्रोत खुलाउन बाध्य पार्ने कार्य अस्वीकार्य भएको बताउनुभएको छ ।

काउन्सिलले नेपालका सरोकारवाला निकायलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकार श्रेष्ठको सुरक्षा सुनिश्चित गर्न तथा भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठमाथि भइरहेको व्यवहारप्रति नेपाल पत्रकार महासङ्घ नेपाल, युरोप शाखा, प्रेससम्बद्ध अन्य सङ्घसङ्गठनले निन्दा गरेका छन् ।

पत्रकार तथा प्रेस स्वतन्त्रतासँग सम्बन्धित विभिन्न संस्थाहरूले पत्रकारमाथिको यस्तो व्यवहार तत्काल बन्द गर्न तथा संविधानप्रदत्त प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन् ।

Author

Share the News

Recent News

Related News