सँगसँगै Archives - मानव आवाज https://www.manavaawaj.com/category/women-issues/ तथ्य, तर्क र परिवर्तनको आवाज Fri, 24 Apr 2026 12:52:06 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://www.manavaawaj.com/wp-content/uploads/2026/04/cropped-LOGO_MN-32x32.png सँगसँगै Archives - मानव आवाज https://www.manavaawaj.com/category/women-issues/ 32 32 एकल महिला समूह गण्डकीको अध्यक्षमा अधिकारी https://www.manavaawaj.com/adhikari-becomes-the-president-of-gandaki-a-single-womens-group/ Fri, 24 Apr 2026 12:52:03 +0000 https://www.manavaawaj.com/?p=11553 पोखरा । “समानतालाई अगाडि बढाउँदै” भन्ने नारासहित २०५२ सालमा स्थापित सामाजिक संस्था मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि मीना अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा आयोजित अधिवेशनले अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । निवर्तमान अध्यक्ष प्रमिला तझ्यालेका अनुसार उपाध्यक्षमा अमृता ... Read more

The post एकल महिला समूह गण्डकीको अध्यक्षमा अधिकारी appeared first on मानव आवाज.

]]>
पोखरा । “समानतालाई अगाडि बढाउँदै” भन्ने नारासहित २०५२ सालमा स्थापित सामाजिक संस्था मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि मीना अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

पोखरामा आयोजित अधिवेशनले अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

निवर्तमान अध्यक्ष प्रमिला तझ्यालेका अनुसार उपाध्यक्षमा अमृता सिग्देल (नवलपरासी), सचिवमा जुना केसी (कास्की), कोषाध्यक्षमा कल्पना अधिकारी (लमजुङ) र सहसचिवमा सीता कैनी (तनहुँ) चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा अजिता शर्मा, सरिता थापा, खडककुमारी खड्का, देवी केसी, माया गुरुङ र लक्ष्मी थकाली रहनुभएको छ ।

अधिवेशनमा सचिव मीना अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा २०८२/०८३ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सीता कैनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत प्रतिवेदनमाथि छलफलपछि सभाले सर्वसम्मत रूपमा पारित गरेको प्रदेश अधिकृत सवनम शर्माले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य एवम् संस्थाकी संस्थापक अध्यक्ष डा. लिली थापा, केन्द्रीय अध्यक्ष शोभा बिसी र गण्डकी प्रदेशकी संस्थापक अध्यक्ष दुर्गा न्यौपानेले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूको सहभागिता रहेको थियो ।

The post एकल महिला समूह गण्डकीको अध्यक्षमा अधिकारी appeared first on मानव आवाज.

]]>
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश ! https://www.manavaawaj.com/sapana-pradhan-malla-acting-chief-justice/ Wed, 01 Apr 2026 03:42:13 +0000 https://www.manavaawaj.com/?p=11121 काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश बन्नु भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण २०८२ चैत १७ गते अवकाश भएपछि मल्लले स्वतः उक्त जिम्मेवारी सम्हाल्नु भएको हो । नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिने व्यवस्था ... Read more

The post सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश ! appeared first on मानव आवाज.

]]>
काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश बन्नु भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण २०८२ चैत १७ गते अवकाश भएपछि मल्लले स्वतः उक्त जिम्मेवारी सम्हाल्नु भएको हो ।

नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिने व्यवस्था छ ।

यसैबिच नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । संवैधानिक परिषद अपूर्ण रहेकाले सिफारिस प्रक्रिया रोकिएको हो । परिषदले यसअघि मल्लसहित ६ न्यायाधीशको नाम सूचीमा राखेको थियो ।

संविधान अनुसार प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको सिफारिस, संसदीय सुनुवाइ र राष्ट्रपतिबाट नियुक्ति आवश्यक पर्छ । यी सबै प्रक्रिया पूरा हुन अझै समय लाग्ने देखिएको छ ।

सपना प्रधान मल्ल लामो समयदेखि कानुन, मानवअधिकार र लैङ्गिक न्यायका क्षेत्रमा सक्रिय रहँदै वकालत पेसाबाट सर्वोच्चमा प्रवेश गर्नु भएको हो । उहाँ सर्वोच्च अदालतमा झण्डै एक दशकदेखि कार्यरत हुनुहुन्छ ।

The post सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश ! appeared first on मानव आवाज.

]]>
हातेमालो नागढुङ्गा आमा समूह आत्मनिर्भरतामा अब्बल बन्दै https://www.manavaawaj.com/hatemalo-group-nagdhunga-mothers-group-becomes-more-self-reliant/ Fri, 27 Mar 2026 00:35:07 +0000 https://www.manavaawaj.com/?p=11023 पोखरा । सात वर्ष अघि २०७५ सालमा स्थापना भएको पोखरा महानगरपालिका-८, नागढुङ्गास्थित हातेमालो नागढुङ्गा आमा समूह महिलाको आत्मनिर्भरता अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । स्थानीय समुदाय तथा टोल विकासमा आबद्ध महिला दिदीबहिनीलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ स्थापना गरिएको उक्त संस्थाले समयअनुसार महत्वपूर्ण प्रगति गर्दै आएको समूहकी अध्यक्ष चेतमाया पङ्गेनी ... Read more

The post हातेमालो नागढुङ्गा आमा समूह आत्मनिर्भरतामा अब्बल बन्दै appeared first on मानव आवाज.

]]>
पोखरा । सात वर्ष अघि २०७५ सालमा स्थापना भएको पोखरा महानगरपालिका-८, नागढुङ्गास्थित हातेमालो नागढुङ्गा आमा समूह महिलाको आत्मनिर्भरता अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

स्थानीय समुदाय तथा टोल विकासमा आबद्ध महिला दिदीबहिनीलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ स्थापना गरिएको उक्त संस्थाले समयअनुसार महत्वपूर्ण प्रगति गर्दै आएको समूहकी अध्यक्ष चेतमाया पङ्गेनी पौडेल (गीता) ले जानकारी दिनु भयो ।

“ऐक्यबद्धता, सभ्यता र हिंसामुक्त समाजः हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मसात् गर्दै समूहले महिला सशक्तिकरण तथा नेतृत्व विकाससम्बन्धी पाँच दिने तालिम सञ्चालन गरिरहेको छ ।

पोखरा महानगरपालिका-८, नागढुङ्गा, कास्कीको आयोजना तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय कास्कीको आर्थिक सहयोगमा उक्त तालिम २०८२ चैत १२ देखि १६ गतेसम्म ब्राह्मण समाज नेपाल, ज्ञानकुञ्ज टोलस्थित सभाहलमा सञ्चालन भइरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गर्दै तालिमको शुभारम्भ गर्नु भयो ।

मन्त्री थापाले महिला सशक्तिकरण तथा नेतृत्व विकाससम्बन्धी तालिमले महिलामा आत्मविश्वास अभिवृद्धि गरी नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले तालिम केवल औपचारिकतामा सीमित नरही व्यवहारमा उतार्न सकिने ज्ञान र सीप आर्जन गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नु भयो ।

उहाँका अनुसार महिला सशक्तिकरण बिना समृद्ध समाज निर्माण सम्भव छैन । प्रदेश सरकार यस्ता सकारात्मक पहललाई निरन्तर प्रोत्साहन गर्न प्रतिबद्ध रहेको उहाँले बताउनु भयो ।

समुदाय स्तरमा सञ्चालन हुने यस्ता तालिमले जीविकोपार्जन मात्र नभई आत्मसम्मान, सिर्जनशीलता र अरूको जीवनमा खुसी थप्ने आत्मविश्वास विकासमा समेत योगदान पुर्‍याउने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल गृह श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष लालीमाया शर्मा रेग्मी, ब्राह्मण समाज नेपाल कास्कीका अध्यक्ष रामप्रसाद बस्ताकोटी, पत्रकार कमल पौडेल ‘अथक’ तथा महिला चेम्बर अफ कमर्स कास्कीकी अध्यक्ष जमुना पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उहाँहरूले आत्मनिर्भरता, उद्यमशीलता र नवप्रवर्तनका लागि यस्ता तालिम प्रभावकारी हुने र स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भयो ।

तालिममा पत्रकारद्वय कमल पौडेल ‘अथक’ र दुर्गा अधिकारी तथा सामाजिक अभियान्ता विद्या पराजुलीले सहजीकरण गरिरहनुभएको छ ।

समूहकी अध्यक्ष चेतमाया पङ्गेनी पौडेल (गीता) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक एवम् सदस्य पूर्णमाया जुग्जालीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य प्रकाश गर्नुभएको थियो भने सचिव विद्या पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

चैत १६ गतेसम्म सञ्चालन हुने उक्त तालिममा पोखरा महानगरपालिका वडा नं. ४, ७, ८, ९ र १७ भित्रका आमा समूहका करिब ८० जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

The post हातेमालो नागढुङ्गा आमा समूह आत्मनिर्भरतामा अब्बल बन्दै appeared first on मानव आवाज.

]]>
महिलाको मानवअधिकार संरक्षणमा संविधान र कानुनको प्रभावकारी प्रयोगमा आयोग प्रतिबद्ध https://www.manavaawaj.com/the-commission-is-committed-to-the-effective-implementation-of-the-constitution-and-laws-in-protecting-womens-human-rights/ Thu, 12 Mar 2026 06:15:00 +0000 https://www.manavaawaj.com/?p=10779 रुद्रबहादुर खड्का, ललितपुर । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको मानवअधिकार संरक्षणका लागि संविधान र कानुनको व्यावहारिक कार्यान्वयनमा आयोग प्रतिबद्ध रहेको बताएउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष मगरले महिला तथा बालिकामाथि हुने मानवअधिकार ... Read more

The post महिलाको मानवअधिकार संरक्षणमा संविधान र कानुनको प्रभावकारी प्रयोगमा आयोग प्रतिबद्ध appeared first on मानव आवाज.

]]>
रुद्रबहादुर खड्का, ललितपुर ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको मानवअधिकार संरक्षणका लागि संविधान र कानुनको व्यावहारिक कार्यान्वयनमा आयोग प्रतिबद्ध रहेको बताएउनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष मगरले महिला तथा बालिकामाथि हुने मानवअधिकार उल्लङ्घनका घटनामा आयोगले निरन्तर अनुसन्धान, अनुगमन र अध्ययन गरी सरकारलाई सिफारिस गर्दै आएको जानकारी दिनु भयो ।

उहाँले देशभर १४ हजार ६ सय ८२ घटनामध्ये आयोगको अभिलेखमा २४ ओटा घटना मात्र कानुनी दायरामा आएको उल्लेख गर्दै महिलामाथि हुने लैङ्गिक तथा यौनजन्य हिंसाका धेरै घटना परिवार वा आफन्तकै संलग्नताका कारण कानुनी दायरामा आउन नसकेको बताउनु भयो ।

सामाजिक सञ्जालको प्रयोगसँगै महिला तथा बालबालिकामाथि हुने हिंसाका नयाँ स्वरूप देखापरेको उल्लेख गर्दै उहाँले यस्ता घटना न्यूनीकरणका लागि राज्यलाई जिम्मेवार बनाउन आयोगले पहल गरिरहेको बताउनु भयो ।

कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले महिला तथा लैङ्गिक हिंसाका धेरैजसो घटना मिलापत्रबाट टुङ्गिने भएकाले तथ्याङ्कमा कम देखिने गरेको बताउनु भयो ।

आयोगका सचिव मुरारिप्रसाद खरेलले तथ्याङ्क र सूचना नै नीति निर्माणको प्रमुख आधार भएको उल्लेख गर्दै इन्सेकले सङ्कलन गरेका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विश्लेषण गरी सरकारलाई सिफारिस गरिएको बताउनु भयो ।

इन्सेकका निर्देशक मदन पौडेलले अझै पनि समाजमा दाइजो, छाउपडीजस्ता प्रथाका कारण महिलाले ज्यान गुमाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहारका घटनाबारे जानकारी दिन आग्रह गर्नु भयो ।

इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलले विशेषगरी घरेलु हिंसा, मानव बेचबिखन, बालविवाह, डिजिटल हिंसा, यौन हिंसा, बलात्कार तथा सामाजिक विभेदका घटनाहरू अझै देखिने गरेको बताउनु भयो ।

इन्सेकका अनुसार सन् २०२५ मा महिलामाथि हुने हिंसाका घटनामध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा १ हजार ५ सय ८० महिला पीडित भए ।

त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५६, कोशी प्रदेशमा ६ सय ४०, बागमती प्रदेशमा ६ सय २०, सुदूरपश्चिम प्रदेशमा ६ सय ९, गण्डकी प्रदेशमा ४ सय १६ र कर्णाली प्रदेशमा ४ सय ९ जना महिला पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

The post महिलाको मानवअधिकार संरक्षणमा संविधान र कानुनको प्रभावकारी प्रयोगमा आयोग प्रतिबद्ध appeared first on मानव आवाज.

]]>
अर्चलबोट आमा समूहको अध्यक्षमा नारायणी पराजुली https://www.manavaawaj.com/narayani-parajuli-elected-as-chairperson-of-archalbot-mothers-group/ Sun, 18 Jan 2026 14:03:00 +0000 https://www.manavaawaj.com/?p=9782 पोखरा । पोखरा महानगरपालिका–२ मा अवस्थित अर्चलबोट आमा समूहको २८औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन २०८२ माघ ३ गते पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै सामाजिक कार्यमा आमा समूहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो । उहाँले आगामी दिनमा पनि वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता ... Read more

The post अर्चलबोट आमा समूहको अध्यक्षमा नारायणी पराजुली appeared first on मानव आवाज.

]]>
पोखरा । पोखरा महानगरपालिका–२ मा अवस्थित अर्चलबोट आमा समूहको २८औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन २०८२ माघ ३ गते पोखरामा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै सामाजिक कार्यमा आमा समूहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो ।

उहाँले आगामी दिनमा पनि वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । वार्षिक साधारणसभामा अध्यक्ष सुशीला बराल रेग्मीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष शान्ति हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत प्रतिवेदनमाथि छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको सामाजिक अभियन्ता अम्बिका खड्का क्षेत्री ढकालले जानकारी दिनु भयो ।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार प्रभास पराजुली, पूर्व अध्यक्ष कल्पना सुबेदी, सल्लाहकार रामजी पराजुली, मिना पराजुली तथा विवेक सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष रामचन्द्र पराजुलीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि नारायणी पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मालीका पराजुली, सचिवमा सीता बास्तोला, कोषाध्यक्षमा शान्ति हमाल र सहसचिवमा बबिता पराजुली चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा सीता सुवेदी, लक्ष्मी खड्का क्षेत्री, गङ्गा पराजुली, सुनिता जीसी, मीना बिक, जमुना अधिकारी, शकुन्तला कार्की र कमला भण्डारी रहनुभएको छ ।

कार्यक्रम आमा समूहकी अध्यक्ष सुशीला बराल रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष सुभद्रा सुबेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सुष्मा पौडेल पराजुलीले गर्नुभएको थियो ।

The post अर्चलबोट आमा समूहको अध्यक्षमा नारायणी पराजुली appeared first on मानव आवाज.

]]>
तीज गीतमार्फत स्वास्थ्य सचेतना प्रवर्धन https://www.manavaawaj.com/promoting-health-awareness-through-teej-songs/ https://www.manavaawaj.com/promoting-health-awareness-through-teej-songs/#respond Fri, 15 Aug 2025 08:51:33 +0000 https://www.manavaawaj.com/?p=6379 महिला स्वास्थ्य स्वयम्सेविका सञ्जाल कास्कीद्वारा “सेवा भाग–३” तीज गीत सार्वजनिक पोखरा । पोखरा महानगरपालिकाको समन्वयमा महिला स्वास्थ्य स्वयम्सेविका सञ्जाल कास्कीले हरितालिका तीज २०८२ को अवसरमा तीज गीतमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “समाज परिवर्तनका लागि सेवा भाग–३” तीज गीत सार्वजनिक गरेको छ । गीतमार्फत स्वस्थ शरीर, स्वच्छ खानपान, योग र ध्यान जस्ता विषयलाई जोड दिइएको ... Read more

The post तीज गीतमार्फत स्वास्थ्य सचेतना प्रवर्धन appeared first on मानव आवाज.

]]>
महिला स्वास्थ्य स्वयम्सेविका सञ्जाल कास्कीद्वारा “सेवा भाग–३” तीज गीत सार्वजनिक

पोखरा । पोखरा महानगरपालिकाको समन्वयमा महिला स्वास्थ्य स्वयम्सेविका सञ्जाल कास्कीले हरितालिका तीज २०८२ को अवसरमा तीज गीतमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “समाज परिवर्तनका लागि सेवा भाग–३” तीज गीत सार्वजनिक गरेको छ ।

गीतमार्फत स्वस्थ शरीर, स्वच्छ खानपान, योग र ध्यान जस्ता विषयलाई जोड दिइएको छ । गीतमा “खानपिनका कारणले लागेका छन् रोग कति, परिवारमा आमा रहिछन् पहिलो ओखती” जस्ता सारगर्भित शब्दहरू छन् जसले महिला–केन्द्रित स्वास्थ्य सन्देश प्रवाह गर्छ ।

गीतमा सीता पराजुली र राजेश्वरी ढुङ्गानाको स्वर तथा  सीता पराजुली, राजेश्वरी ढुङ्गाना, कृष्ण माया पौडेल र मिरा गिरीको शब्द रचना रहेको छ ।

गीता भण्डारी, सङ्गीता बराल, रमा सिके, दुर्गा बानिया र मिरा गिरीको व्यवस्थापन रहेको गीतको निर्देशन भिमा पौडेलले र सङ्गीत संयोजन तथा भिडियो निर्माण बासुरी रेकर्डिङ स्टुडियोले गरेको छ । यो गीतको  एरेन्ज दिवस थापामगरले गर्नु भएको छ ।

गीतमा महिला स्वास्थ्य स्वयम्सेविका सञ्जाल कास्कीका स्वयम्सेविका दिदीबहिनीहरूको अभिनय रहेको छ ।

अध्यक्ष भिमा पौडेलले यसअघि सार्वजनिक भएका “सेवा भाग–१” र “२” गीतहरू लोकप्रिय भइसकेको उल्लेख गर्दै यसपटकको गीतले पनि स्वास्थ्य सचेतनालाई समुदायसम्म पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखा लगायत सम्पूर्ण शुभेच्छुक र सहयोगी निकायप्रति अध्यक्ष पौडेलले आभार व्यक्त गर्नुभयो ।

सार्वजनिक गीतमा तीज गीतमार्फत स्वास्थ्य सन्देशको प्रवाह, महिलालाई लक्षित गर्दै स्वच्छ खानपिन, योग, र स्वास्थ्य पहुँचको महत्त्व, स्वास्थ्य स्वयम्सेविकाहरूको सक्रियता र समर्पण तथा स्थानीय स्रोत, आवाज, निर्देशन र प्रस्तुति रहेको छ ।

The post तीज गीतमार्फत स्वास्थ्य सचेतना प्रवर्धन appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/promoting-health-awareness-through-teej-songs/feed/ 0
तीजको माहोल विष्णु माझीबिनै अधुरो ! नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक https://www.manavaawaj.com/teej-atmosphere-incomplete-without-vishnu-majhi-new-song-ma-ta-narauri-released/ https://www.manavaawaj.com/teej-atmosphere-incomplete-without-vishnu-majhi-new-song-ma-ta-narauri-released/#respond Wed, 13 Aug 2025 06:31:15 +0000 https://www.manavaawaj.com/?p=6340 ललितपुर । तीजको रौनकमा चर्चित गायिका विष्णु माझीको गीत नबजेसम्म धेरैलाई त्यो पर्व अधुरो लाग्छ भन्ने भनाइ फेरि साकार भएको छ । यस वर्ष पनि माझीले आफ्ना श्रोतालाई निराश पार्नु भएन । युट्युबमार्फत २०८२ साउन २८ गते सार्वजनिक गरिएको उहाँको नयाँ तीज गीत ‘म त नराउरी’ मा सदा झैँ पति तथा सहकर्मी सुन्दरमणी अधिकारीकै शब्द ... Read more

The post तीजको माहोल विष्णु माझीबिनै अधुरो ! नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक appeared first on मानव आवाज.

]]>
ललितपुर । तीजको रौनकमा चर्चित गायिका विष्णु माझीको गीत नबजेसम्म धेरैलाई त्यो पर्व अधुरो लाग्छ भन्ने भनाइ फेरि साकार भएको छ । यस वर्ष पनि माझीले आफ्ना श्रोतालाई निराश पार्नु भएन ।

युट्युबमार्फत २०८२ साउन २८ गते सार्वजनिक गरिएको उहाँको नयाँ तीज गीत म त नराउरी’ मा सदा झैँ पति तथा सहकर्मी सुन्दरमणी अधिकारीकै शब्द र सङ्गीत रहेको छ ।

गीतमा उहाँले यसपटक पनि तीजको रङ्गीचङ्गी उल्लासभित्र लुकेको छोरीको पीडा र लैङ्गिक विभेदको संवेदनशील मुद्दालाई मार्मिक ढङ्गले उतार्नु भएको छ ।

सुमधुर स्वर, भावपूर्ण शब्द र मिठासपूर्ण लयको सङ्गमले ‘म त नराउरी’ यस तीजमा पनि श्रोताको दिल जित्ने पक्का छ।

The post तीजको माहोल विष्णु माझीबिनै अधुरो ! नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/teej-atmosphere-incomplete-without-vishnu-majhi-new-song-ma-ta-narauri-released/feed/ 0
दैलेखमा १२ वर्षीया बालिका बलात्कृत, समाजमा छोरी असुरक्षित कहिलेसम्म ? https://www.manavaawaj.com/the-cruelty-against-a-girl-in-dailekh-and-our-collective-silence/ https://www.manavaawaj.com/the-cruelty-against-a-girl-in-dailekh-and-our-collective-silence/#respond Sun, 10 Aug 2025 06:29:27 +0000 https://www.manavaawaj.com/?p=6252 अमर सुनार, दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ मा भएको १२ वर्षीया बालिकामाथिको बलात्कारको घटना केवल अपराधको एउटा तथ्य मात्र होइन, हाम्रो समाजको मानवीय संवेदनशीलता कता हराउँदै छ भन्ने गहिरो प्रश्न हो । साउन २२ गतेको रात, तीजको नाच हेरेर फर्किँदै गरेकी बालिका आफ्ना साथीसँग हाँस्दै-गफिँदै घरतर्फ लागेकी थिइन् । तीजको नाँच हेरेर फर्किँदै गरेका एकै ... Read more

The post दैलेखमा १२ वर्षीया बालिका बलात्कृत, समाजमा छोरी असुरक्षित कहिलेसम्म ? appeared first on मानव आवाज.

]]>
अमर सुनार, दैलेख ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ मा भएको १२ वर्षीया बालिकामाथिको बलात्कारको घटना केवल अपराधको एउटा तथ्य मात्र होइन, हाम्रो समाजको मानवीय संवेदनशीलता कता हराउँदै छ भन्ने गहिरो प्रश्न हो ।

साउन २२ गतेको रात, तीजको नाच हेरेर फर्किँदै गरेकी बालिका आफ्ना साथीसँग हाँस्दै-गफिँदै घरतर्फ लागेकी थिइन् ।

तीजको नाँच हेरेर फर्किँदै गरेका एकै उमेर समूहका तीन-चार जना बालिकालाई लक्षित गरी आरोपितहरुले लखेटे । लखेट्दा भेटाउन नसकेपछि पछिल्तिरबाट ढ‍ुङ्गा हाने, ढ‍ुङ्गाले १३ वर्षीया ती बालिकाको दाहिने पाखुरामा चोट लाग्यो । उनी त्यहिँ ढलिन् । उनका साथीहरु भागेर जोगिए ।

ढुङ्गा लागेर घाइते भएकी बालिकालाई आरोपितले कर्‍यापकुरूप पारे र जबरजस्ती गरे । त्यो रात उनको बाल्यकाल मात्र होइन, सुरक्षित महसुस गर्ने अधिकार पनि चकनाचुर भयो ।

गाउँकै दुई जना २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीले लखेटीलखेटी उनलाई समाते र पालैपालो बलात्कार गरेको आरोप छ । ढुङ्गामेत प्रहारका कारण उनको हात मर्कियो र गुप्ताङ्गमा चोट पनि लाग्यो।

बलात्कार आफैँमा विभत्स र जघन्य मानवताविरोधि अपराध हो । त्यसमाथि लखेटीलखेटी कुटीकुटी एक बालिकामाथि भएको यो घटना व्यक्तिगत अपराध मात्रै होइन सामाजिक अपराध हो ।

यो कुनै टाढाको अपराध कथा होइन-यो हाम्रो गाउँ, हाम्रो चाड, हाम्रो बिचकै मान्छेहरूको कथा हो। प्रश्न उठ्छ-त्यो रात त्यो क्रुरता गर्ने हातहरू कहिले यति पत्थरिए ?  त्यो उमेरमा, त्यो अवस्था हुँदै गर्दा, कसरी यति निर्दयी हुन सकिन्छ ?

आजको समाजमा यस्तो हिंसात्मक मानसिकता किन बढ्दैछ ? के हाम्रो सांस्कृतिक पर्वहरू, जो समुदायलाई जोड्ने माध्यम बन्नुपर्ने हो, त्यही दिन अपराधको मञ्च बन्दैछन् ?  के हामी ‘हामीमध्ये’ बाट जन्मिने यस्ता अपराधीलाई रोक्ने सामर्थ्य गुमाउँदै छौं ?

यस घटनापछि दुई जना पक्राउ परे,  बालिका अस्पतालमा उपचाररत छिन् । तर, उपचार केवल उनको शरीरको घाउको लागि हो-मनको घाउको उपचार कसले र कसरी गर्ने ?

अझ ठूलो प्रश्न-के हामी यसपछि पनि यस्ता घटनामा ‘अर्को पीडित’ कुर्दै बस्ने हो, कि समाजलाई संवेदनशील बनाउन कुनै ठोस कदम चाल्ने ?

यो केवल एक परिवारको पीडा होइन-यो हाम्रो सामूहिक असफलताको प्रमाण हो । र, यदि हामी मौन बस्यौं भने, भोलिको पीडित कसको छोरी, बहिनी, साथी वा छिमेकी हुने हो-कसलाई के थाहा ?

(सुनार पहरेदार डट कमको सम्पादक हुनुहुन्छ)

The post दैलेखमा १२ वर्षीया बालिका बलात्कृत, समाजमा छोरी असुरक्षित कहिलेसम्म ? appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/the-cruelty-against-a-girl-in-dailekh-and-our-collective-silence/feed/ 0
बहुविवाह कानुनी बनाउने तयारीप्रति अधिकारकर्मी र नेतृहरूको कडा टिप्पणी ! https://www.manavaawaj.com/the-system-of-polygamy-the-ruler-is-overwhelmed-by-the-love-of-the-people/ https://www.manavaawaj.com/the-system-of-polygamy-the-ruler-is-overwhelmed-by-the-love-of-the-people/#comments Sat, 02 Aug 2025 13:47:49 +0000 https://www.manavaawaj.com/?p=6021 ललितपुर । अधिकारकर्मी सुबोधराज प्याकुरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै लेख्नु भएको छ-‘२० वर्षको उमेरमा बिहे गर्नु, ३० वर्ष पुग्दा तीन सन्तान भइसक्छन्, ४० कटेसी रमाउँला नभन्नु, भन्नुभाथ्यो सम्माननीय प्रधानमन्त्रीले । अब २० वर्षको उमेरमा दुईओटी भित्र्याउने, ३० वर्ष उमेर पुग्दा नपुग्दा ६ ओटा सन्तान हुर्काइ सक्ने । सायद देशले अब ज्येष्ठ नागरिक सरह ... Read more

The post बहुविवाह कानुनी बनाउने तयारीप्रति अधिकारकर्मी र नेतृहरूको कडा टिप्पणी ! appeared first on मानव आवाज.

]]>
ललितपुर । अधिकारकर्मी सुबोधराज प्याकुरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै लेख्नु भएको छ-‘२० वर्षको उमेरमा बिहे गर्नु, ३० वर्ष पुग्दा तीन सन्तान भइसक्छन्, ४० कटेसी रमाउँला नभन्नु, भन्नुभाथ्यो सम्माननीय प्रधानमन्त्रीले । अब २० वर्षको उमेरमा दुईओटी भित्र्याउने, ३० वर्ष उमेर पुग्दा नपुग्दा ६ ओटा सन्तान हुर्काइ सक्ने । सायद देशले अब ज्येष्ठ नागरिक सरह बालबालिकालाई पनि नियमित भत्ता दिने प्रावधान ल्याउला । जनसङ्ख्या वृद्धिदर १.९ बाट तल झरेको चिन्ताले हाम्रो सरकारका मुखियाहरु औधी चिन्तित हुनुभएछ क्यारे ! जनताको मायाले हुरुक्कै !’

उहाँले अधिकारकर्मी डा. मुकुन्द कट्टेल फेसबुक पोष्टमा कमेण्ट गर्दै यस्तो अभिव्यक्ति सार्वजनिक गर्नु भएको हो ।

कट्टेल आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ-अब सरहरूले बहुविवाह गर्न पाउनु पर्ने कानुन नै बनाउने रे । यो १६ औँ शताब्दीतिरको यात्राका लागि शुभकामना चाहिँ भन्न सकिएन !

कट्टेलको वालमा कमेन्ट गर्दै एमाले नेतृ उन्नती खुलाल लेख्नुहुन्छ-रामराज्य सर – ठाउँ ठाउँमा बलात्कार गर्न पाइयो – नेता र कार्यकर्ताले महिला माथी यस्तै अभद्र ब्यवहार गर्ने, जबरजस्ती गर्ने कारण धेरै केशहरु लड्नपरेकाले तिनका मालिकले यति त गर्ने नै पर्यो नि !

प्रेस चौतारीकी नेतृ लोग्शरी कुँवर फेसबुक वालमा लेख्नुहुन्छ-‘बहुबिबाह गर्न नपाउने विद्यमान कानुनका कारण उहाँका कोको महिला पीडित भए र कोको पुरुषले बुडीमाथि बुडी खाप्न पाएनन् त्यो त दैवले नै जानुन ।’

लेखक एवम् स्तम्भकार सरिता तिवारी फेसबुकमा लेख्नु हुन्छ-‘यो कानुन पास हुनुहुँदैन । कहिले विवाहको उमेर घटाउने कानून ल्याउने कुरा आउँछ, कहिले लोग्नेसँग अंश लिएर सम्बन्ध विच्छेद गरेकी महिलाले अर्को विवाह गरिन् भने पहिलेको लोग्नेबाट लिएको सम्पत्ति फिर्ता गर्नुपर्ने कुरा आउँछ, कहिले बलात्कारको कानून फेर्ने कुरा आउँछ। यी कुरा कहाँबाट आउँछन् ? कसको हितमा आउँछन् ? महिलाको सार्वभौमिकता र सम्मानविरुद्ध गर्न खोजिएका यस्ता सबै कुरा हालसम्मका सबै प्रगतिशील र क्रान्तिकारी आन्दोलनहरूमाथिको घात हो। प्रतिक्रान्ति हो । विधायिकाले राजनीतिक-सांस्कृतिक आन्दोलनको मर्म बुझेन भने नागरिक/महिला वृत्त फेरि आन्दोलनमा उत्रनुको विकल्प छैन।’

मुलुकी अपराधसंहिता लागु भएको दिन २०७५ भदौ १ गतेदेखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको प्रसङ्गमा अहिले यसको विपक्षमा विभिन्न ढाँचा र तौरतरिकाबाट विरोधका अभिव्यक्ति मुखरित भएका छन् ।

विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ मा संशोधन गर्न लागिएको समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्पत विरोधि स्वर गुञ्जन लागेका हुन् ।

कानुन मन्त्रालयले यसको मस्यौदा तयार गरिसकेको जनाएपछि मन्त्रालयका सचिव परमेश्वर ढुङ्गानालाई लक्षित गर्दै नकारात्मक टिप्पणीसमेत सार्वजनिक हुन थालेका छन् ।

मौजुदा कानुनमा विवाह भइसकेको अवस्थामा अर्की महिलाबाट बच्चा जन्मिए दुवै पुरुष र महिला बच्चाका लागि बाबु–आमा हुने, बच्चाले पाउने सबै अधिकार पनि बाबु–आमाबाट पाउने तर उनीहरूको सम्बन्ध पति–पत्नीको हुन नसक्ने प्रावधान छ ।

बहुविवाह गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपियाँसम्म जरिबाना हुने पनि कानुनी व्यवस्था छ ।

विधिशास्त्रीहरूले प्रस्तावित मस्यौदालाई कानुनी रूप दिए समाजमा फेरि बहुविवाहको ‘प्रकोप’ भित्रने भन्दै आपत्ति जनाएका छन् ।

‘यो व्यवस्था पुरुषले जति ओटी राखे पनि हुन्छ भन्ने पितृसत्ताको पुरानै मान्यतामा अडिएको छ, नत्र कुनै पनि सभ्य समाजमा दुई ओटा विवाह हुनै सक्दैन ।’-पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बताउनु भएको छ ।

उहाँका अनुसार यो प्रावधानले महिला हिंसा निम्त्याउँछ । यसलाई ऐनका रूपमा लागू गर्नु प्रतिगमन मात्रै होइन, महाप्रतिगमन हुने पनि उहाँको भनाइ छ ।

अमेरिका, युरोप, जापान, चीनलगायत संसारका कुनै पनि सभ्य समाजमा बहुविवाहलाई कानुनी मान्यता छैन ।

ठूलो जोडबलबाट २०७५ देखि बहुविवाहलाई मुलुकमा पूर्णतः निषेध गरिएको थियो, त्यसलाई हटाउँदा संसारका अघिल्तिर नेपाली समाजको लाजमर्दो अवस्था उदाङ्गिने अधिकारकर्मीहरूले बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले कानुन मन्त्रालयले बहुविवाहसम्बन्धी कानुन संशोधनको तयारी गरिरहेको विषयमा गम्भीर आपत्ति जनाएको छ। 

सङ्घकी अध्यक्ष अमृता थापाद्वारा २०८२ साउन १७ गते जारी विज्ञप्तिमा बहुविवाहलाई विशेष परिस्थितिमा अनुमति दिने कानुनको मस्यौदाप्रति कडा आपत्ति जनाइएको छ।

यस्तो मस्यौदा नेपालको संविधान २०७२ को प्रस्तावना, मौलिक हक र सबै प्रकारको भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको भावना विपरीत रहेको सङ्घको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ-‘महिलासँग विवाह भइसकेपछि अर्की महिलासँग पनि विवाह गर्न पाउने प्रावधान राखेर ल्याउन खोजिएको कानुन प्रतिगामी मात्र नभई महिलाको आत्मसम्मानमाथिको ठुलो हमला हो।’

The post बहुविवाह कानुनी बनाउने तयारीप्रति अधिकारकर्मी र नेतृहरूको कडा टिप्पणी ! appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/the-system-of-polygamy-the-ruler-is-overwhelmed-by-the-love-of-the-people/feed/ 3
घटना भएपछि प्रशासन भन्छ– छाउगोठ भत्काउ ! शतर्कता खै ? https://www.manavaawaj.com/after-the-incident-the-administration-says-demolish-the-chhaugoth/ https://www.manavaawaj.com/after-the-incident-the-administration-says-demolish-the-chhaugoth/#respond Mon, 14 Jul 2025 14:27:14 +0000 https://www.janchaso.com/?p=5336 धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन सक्रिय भएको छ। प्रशासनले जिल्लाका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान तत्काल सुरु गर्न निर्देशन दिएको छ। अस्तिशुक्रबार राति छाउगोठमा सुतेकी २८ वर्षीया कमला आउजी दमाईलाई सर्पले डसेको थियो। सर्पदंशबाट गम्भीर अवस्थामा आउजीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ... Read more

The post घटना भएपछि प्रशासन भन्छ– छाउगोठ भत्काउ ! शतर्कता खै ? appeared first on मानव आवाज.

]]>
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन सक्रिय भएको छ।

प्रशासनले जिल्लाका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान तत्काल सुरु गर्न निर्देशन दिएको छ।

अस्तिशुक्रबार राति छाउगोठमा सुतेकी २८ वर्षीया कमला आउजी दमाईलाई सर्पले डसेको थियो। सर्पदंशबाट गम्भीर अवस्थामा आउजीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइएको भएपनि २०८२ असार २८ गते बिहान मृत्यु भएको हो

घटनापछि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले २०८२ असार ३० गते सोमबार जिल्लाका सबै नौ ओटै स्थानीय तहलाई परम्परागत कुप्रथाको रूपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्न विशेष अभियान चलाउन निर्देशन दिएका हुन्।

“केवल छाउगोठ भत्काउने मात्र होइन, यो प्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम पनि सँगसँगै हुनुपर्छ ।”-एक स्थानीय महिलावादी अभियन्ताले भन्नु भयो-“हरेकपटक ज्यान गइसकेपछि मात्रै प्रशासन झस्किन्छ, तर नियमित शतर्कता र शिक्षा अभियानको खाँचो अझै छ।”

हिजो आइतबार नै कृष्णपुर नगरपालिकाले पनि आफ्ना सबै वडालाई १५ दिनभित्र सबै छाउपडी गोठ भत्काउन निर्देशन दिएको छ।

यस अवधिमा नमान्नेहरूलाई कानुनी कारबाही गर्ने र १० हजार रुपियाँसम्म जरिबाना गरिने चेतावनी समेत दिइएको छ।

सङ्घीय सरकारदेखि स्थानीय तहसम्म नै छाउपडी प्रथा अन्त्यका लागि कानुन बनाइएको छ। तर, चेतना अभाव, सामाजिक डर र धार्मिक मान्यताका कारण यो प्रथा अझै पनि टड्कारो रूपमा जीवित छ।

कमलाको मृत्युले फेरि एकपटक समाजलाई झकझक्याएको छ-कागजमा मात्र होइन, व्यवहारमै छाउपडी अन्त्य गर्ने हो कि ?

यसैबिच नेकपा एस निकट अनेमसङ्घले छाउगोठमा आउजीको मृत्यु भएको घटनाले स्तब्ध भएको जनाएको छ । अनेमसङ्घकी अध्यक्ष मुनु सिग्देलद्वारा जारी विज्ञप्तिमा घटनाको अध्ययन गरी दोषीउपर कारवाहीका लागि माग गरिएको छ ।

The post घटना भएपछि प्रशासन भन्छ– छाउगोठ भत्काउ ! शतर्कता खै ? appeared first on मानव आवाज.

]]>
https://www.manavaawaj.com/after-the-incident-the-administration-says-demolish-the-chhaugoth/feed/ 0