मानव आवाज

२०८३ कात्तिक ३० गते
00: 00: 00
२०८३ कात्तिक ३० गते

टुङ्‌गुन करिडोर सडक निर्माणको शिलान्यास

ललितपुर । बागमती गाउँपालिकामा बगुवा, यास्पा, इकुडोल र नाकेडाँडा हुँदै बुखेल जोड्ने महत्त्वपूर्ण टुङ्‌गुन करिडोर सडक निर्माण कार्यको शिलान्यास २०८३ कात्तिक ३० गते बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले शिलान्यास गर्नुभएको छ ।

शिलान्यास कार्यक्रममा बागमती गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर भ्लोन, वडा नं. ३ का वडाध्यक्ष नमराज खड्का, पूर्व वडाध्यक्ष विजयकुमार लो, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

टुङ्‌गुन करिडोर सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासीको आवागमन सहज हुनुका साथै यस क्षेत्रको विकास, आर्थिक गतिविधि र समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

सडकले गाउँका विभिन्न बस्तीलाई आपसमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण तथा यातायात सुविधामा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार