ललितपुर । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नका लागि जिल्ला अदालत, ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ ।
उपभासमुख रुवीकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरको टोली पक्राउ पूर्जीका लागि जिल्ला अदालत पुगेको खबर छ । तर, जिल्ला अदालत, ललितपुरले पक्राउ पूर्जी जारी गर्न अस्वीकार गरेको हो ।
न्यायाधिशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।
श्रेष्ठलाई गैरकानुनीरुपमा गिरफ्तार गरिएको भन्दै उहाँकी पत्नी सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो ।
सम्बन्धित समाचार
मानवअधिकारकर्मीद्वारा पत्रकार किशोर श्रेष्ठको तत्काल रिहाइको माग
पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहाइको माग
वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलले जनायो गम्भीर ध्यानाकर्षण
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ: प्रेस स्वतन्त्रतामाथि प्रहार !