मानव आवाज

२०८३ श्रावण १६ गते
00: 00: 00
२०८३ श्रावण १६ गते

प्रकाश मानव अधिकार पुरस्कार-२०८२ रुद्रबहादुर खड्कालाई प्रदान

ललितपुर । ३२औँ प्रकाश मानव अधिकार पुरस्कार-२०८२ यस वर्ष सिन्धुलीको कमलामाई नगरपालिका-९, भीमान निवासी तथा दुई दशकभन्दा बढी समयदेखि शोषण र विभेदमुक्त समाज निर्माणको अभियानमा निरन्तर सक्रिय मानव अधिकारकर्मी रुद्रबहादुर खड्कालाई प्रदान गरिएको छ ।

साउन १६ गते ललितपुरमा आयोजित विशेष कार्यक्रममा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले खड्कालाई सम्मानपत्र, इन्सेकको प्रतीकचिन्ह तथा नगद ५० हजार रुपियाँ सहित पुरस्कार प्रदान गर्नुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३४औँ स्मृति दिवसका अवसरमा प्रदान गरिने यो पुरस्कार २०५१ सालमा स्थापना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले नेपालमा राजनीतिक परिवर्तन भए पनि द्वन्द्वका घाउहरूको न्यायपूर्ण परिपूर्ति अझै हुन बाँकी रहेको उल्लेख गर्नुभयो ।

मानवअधिकार र पत्रकारिताका कर्मठ योद्धा: रुद्रबहादुर खड्का

अदालतले न्यायको ढोका खोल्न सक्ने भए पनि नागरिकले सम्मानका साथ बाँच्ने वातावरण सिर्जना नभएसम्म मानव अधिकारको वास्तविक प्रत्याभूति हुन नसक्ने उहाँको भनाइ थियो ।

पुरस्कार ग्रहणपछि आफ्नो मन्तव्य व्यक्त गर्दै पुरस्कृत व्यक्तित्व  रुद्रबहादुर खड्काले आफ्नै जन्मजिल्ला सिन्धुलीका स्वर्गीय प्रकाश काफ्लेको स्मृतिमा स्थापित प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुन पाउनु गौरवको विषय भएको बताउनुभयो ।

रुद्रबहादुर खड्का : मानवअधिकारलाई जीवन बनाएका अभियानकर्मी

खड्काले ग्रामीण तहदेखि नै मानव अधिकारको सचेतना, नागरिक जागरण र सुशासन प्रवर्द्धनका लागि सबै पक्ष एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिँदै मानव अधिकारको संरक्षण र प्रवर्धनमा सामूहिक प्रयास अपरिहार्य रहेको धारणा राख्नुभयो ।

उहाँ मानवअधिकार शिक्षा क्लवबाट मानवअधिकारको क्षेत्रमा प्रवेश गरी पत्रकारिताका माध्यमबाट मानवअधिकारकव प्रसारमा क्रियाशील हुनुहुन्छ ।

हाल उहाँ स्वाधीन खबरपत्रिकाको प्रधानसम्पादक र मानव आवाज अनलाइनमा सक्रिय हुनुहुन्छ ।

प्रकाश मानव अधिकार पुरस्कार मानव अधिकार, सामाजिक न्याय तथा विभेदविरुद्धको अभियानमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको प्रतिष्ठित सम्मान हो ।

Author

Share the News

Recent News

Related News