मानव आवाज

२०८३ भाद्र ४ गते
00: 00: 00
२०८३ भाद्र ४ गते

सुकुम्बासीको खबरदारी : ‘गरिबमारा सरकार मुर्दावाद !’

काठमाडौं । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा खबरदारी र्‍याली निकालिएको छ ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा बिहीबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म खबरदारी र्‍याली निकालिएको हो ।

मानव अधिकारको ज्वलन्त प्रश्न-गरिबी कि गरिब नियन्त्रण ?

र्‍यालीमा सहभागीहरूले ‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर्’, ‘मानवअधिकारको सम्मान गर्’, ‘सुकुम्बासीको व्यवस्थापन के गरिस् ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

र्‍यालीमा सहभागीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरूले राज्यले उचित वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर नागरिकलाई विस्थापित गर्न नहुने बताएका छन् ।

आन्दोलनरत पक्षले सरकारी डोजर कारबाहीका क्रममा विस्थापित भएर ज्यान गुमाएका नागरिकलाई भूमिअधिकार आन्दोलनका सहिद घोषणा गर्नुपर्ने मागसमेत अघि सारेको छ ।

डोजरको त्रासमा बालअधिकार !

उनीहरूका अनुसार सरकारको ‘डोजर आतङ्क’ का कारण हालसम्म ९ जना नागरिकले ज्यान गुमाएका छन् ।

भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि स्पष्ट नीति, कानुनी व्यवस्था र मानवीय दृष्टिकोणसहितको पुनःस्थापना कार्यक्रम ल्याउनुपर्ने उनीहरूको जोड छ ।

Author

Share the News

Recent News

Related News