टि.एन. बराल स्मृति अध्ययन केन्द्र पोखराले वामपन्थी नेता तथा वरिष्ठ अधिकारकर्मी टेकनाथ बरालको दोश्रो वार्षिक स्मृतिमा लेखक एवं स्रष्टा विद्याविमल बरालका साहित्यीक सिर्जनाहरु “आगो जस्तै पहाड (संस्मरण) र “मरिसेला” विमोचन कार्यक्रम २०८२ भदौ १२ गते पोखरामा आयोजना गरियो ।
प्रमुख अतिथि वरिष्ठ प्रगतिवादी साहित्यकार एवं नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले दुई कृति एकसाथ सार्वजनिक गर्दै पुस्तक गण्डकी प्रदेशको कम्युनिष्ट आन्दोलनको एक दस्तावेज भएको बताउदै पुस्तकमा चर्चा गरिएका स्रष्टा स्वयम् विद्याविमलका बुबा टेकनाथ बरालको आफैमा कम्युनिष्ट आन्दोलनका एक धरोहर भएको बताउनु भयो ।

उप-महासचिव ज्ञवालीका अनुसार पुस्तकमा तत्कालीन कम्युनिष्ट आन्दोलनको फेहरिस्त रहेको एवं एकातर्फ संस्मरण र अर्कोतर्फ कल्पनामा आधारित उपन्यास लेखेर विद्याविमलले आफू बहुप्रतिभाको धनी भएको भनाइ राख्न भयो ।
गण्डकी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज किरण गुरुङले विद्याविमलको ‘आगोजस्तै पहाड’ संस्मरण तत्कालीन पश्चिमाञ्चल (गण्डक) क्षेत्रको संग्रहणीय दस्तावेज भएको बताउनु भयो ।

कार्यक्रममा पर्यटन व्यवसायी एवं प्रा डा.भरत पहारीले पुस्तक अनुभूतिको प्रतिविम्व भएको बताउदै भने दुबै पुस्तकमा साहित्यिक विम्व उत्कृष्ट ढंगले बुनिएको उल्लेख गर्दै विचारका हिसाबले दार्शनिक भएको बताउनु भयो ।
कार्यक्रममा “आगो जस्तै पहाड” कृतिको समिक्षा वामपन्थी चिन्तक रामराज रेग्मीले गर्नु भएको थियो भने “मरिसेला” (अङ्ग्रेजी उपन्यास २०८२)समिक्षा पृथ्वीनारायण क्याम्पसका सह -प्राध्यापक एवं बुद्धिजीवी नरेन्द्र भण्डारीले गर्नु भएको थियोे ।

पोखरा महानगरपालिका -६ निवासी लेखक विद्याविमल बरालको शिक्षा: स्नातकोत्तर (State University of New York) कृतिहरूः सपनाको देश (उपन्यास २०६१) सडक र इसाबेल (कविता सङ्ग्रह २०६१) आगोजस्तो पहाड (संस्मरण २०८२) मरिसेला (अङ्ग्रेजी उपन्यास २०८२) अप्रकाशित कृतिहरू फर्कदै गरेका पाइलाहरु (उपन्यास) सहरीकरण र हराएको चिनारी (कथा सङ्ग्रह) अन्त्यहीन यात्रा (कथा सङ्ग्रह) पुलहरू (कविता सङ्ग्रह) रहेका छन् ।
स्रष्टाको परिचय नारायण मरासिनीले गराउनु भएको भने टि.एन. बराल स्मृति अध्ययन केन्द्र पोखराका अध्यक्ष विद्याविमल बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शोभा पहारीले स्वागत मन्तव्य र सञ्चालन एभरेस्ट मिडियाका प्रबन्धक दिपेन्द्र श्रेष्ठले गर्नु भएको थियो।







