मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

धार्मिक पर्यटनले मुलुकको संवृद्धिमा टेवा पुर्याउछ : मन्त्री पाठक

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रसिद्व धार्मिक शक्तिपिठ भैरवस्थान मन्दिर क्षेत्रलाई पर्यटनको केन्द्र बनाउने प्रतिवद्वता व्यक्त गर्नु भएको छ ।

स्वास्थ्य मन्त्री पाठकले भैरवस्थान मन्दिर परिसरमा निर्माण गरिएको सिद्विविनायक गणेश भगवानको मन्दिर उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठान समारोहलाई २०८२ भदौ ११ गते  सम्बोधन गर्दै मन्दिरको मौलिक वास्तुकला र संस्कृतिको संरक्षण गर्दै पूर्वाधार निर्माणमा गरी सौन्दर्यकरण गर्न सके भैरवस्थान मन्दिर क्षेत्र धार्मिक पर्यटनको हब बन्न सक्नेमा जोड दिनु भयो ।

भैरवस्थान मन्दिरमा धार्मिक पर्यटनको प्रचुर संभावना रहेकोले नयाँ विस्तृत अध्ययन प्रतिवदेशन (डिपिआर) बनाएर काम अघि बढाउन सरोकारवालाई मन्त्री पाठकले आग्रह गर्नु भयो  ।

नेपाल धार्मिक सहिष्णुता र सद्भाव भएको मुलुक भएकै कारण विश्वभरका पर्यटक नेपाल आउने क्रम बढिरहेको चर्चा गर्दै पाठकले नेपाललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन प्रवद्र्धनका ठोस कार्ययोजना सरकारले ल्याउनुपर्ने बताए । भैरवस्थान क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्दै गएकाले त्यसको संरक्षण र सौन्दर्यीकरण आवश्यक रहेको भनाई राख्नु भयो ।

आफूखुसी आधुनिक तवरको पुननिर्माण गर्दा मन्दिरको मौलिकता र संस्कृति विनाश गर्ने हुँदा पुरातात्विक नमासिने गरी जिर्णाेद्वार र पुर्ननिर्माण गर्नुपर्ने मन्त्री पाठकले सुझाउनु भयो । पुरानो वास्तुकला र संस्कृतिले मौलिकतालाई पुर्नजीवन दिने हुँदा मन्दिरक्षेत्रमा भौतिक संरचना निर्माण गर्दा ध्यान दिन आग्रह गर्नु भयो ।

मन्त्री पाठकका अनुसार भैरवस्थान मन्दिरको व्यवस्थानमा समितिले प्रभावकारी काम गरेको भन्दै प्रशंसा गर्दै राजनीतिमा प्रतिष्पर्धा भएपनि विकासमा सबैको सहभागिता हुनुपर्ने आवश्यकता औल्याउँदै मन्दिरसम्म पुग्ने बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न बजेट समेत विनियोजन भएको जानकारी दिनु भयो । 

बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर काउले निवासी स्वर्गिय नगेन्द्र बहादुर र पार्वती खत्रीको स्मृतिमा छोरा/बुहारीहरू टेकबहादुर/गीता, स्वर्गिय कृष्ण केसी/गंगा, टुकबहादुर/लक्ष्मी, एकबहादुर केसी, छोरी/ज्वाई मिना/दामबहादुर क्षेत्री, लक्ष्मी/गणेश, सिता/ओमबहादुर केसी परिवारले झण्डै १० लाख रुपैयाँभन्दा बढीको लगानी गणेश मन्दिर निर्माण गरेका हुन् । केसीले परिवार भैरवस्थान मन्दिर क्षेत्रको विकासका लागि आगामी दिनमा पनि हातेमालो गर्न तयार रहेको एकबहादुर केसीले बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज पौडेलले मन्दिरको पुननिर्माण गर्दा मौलिक स्वरूपलाई विशेष ध्यान दिन सुझाव दिनु भयो । 

समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले सदियौं वर्षअघिदेखि कालभैरव मन्दिरमा हरेलो पर्व मनाउने र भैरवको पुजा गर्ने चलन छ । बाइसे चौविसे राजाको पालादेखि बलेवा कोटका सबै क्षेत्रमा हरेलो पर्व मनाउने किंवदन्ती रहेको बताउनु भयो ।

कार्यक्रममा पर्यटन व्यवसायी रवि चापागाईं, त्रिपुरेश्वर मन्दिरका स्वामी हंस चैतन्य, बागलुङ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कोपिलामणि शर्मा, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल , सचिव मित्रनाथ शर्मा र वडा नं. १३ का वडाध्यक्ष नारायण शर्मा पौडेल लगायतले आफ्नो भनाई राख्नु भएको थियोे ।

कालभैरव मन्दिर वडा नं. १२ मा भएपनि बागलुङ नगरपालिका वडा नं. १०, ११, १२, १३ र १४ तथा जैमिनी नगरपालिका १ का स्थानीयबासीले कालभैरव मन्दिरलाई कोटको रुपमा पुज्दै आएको पुर्व वडाध्यक्ष गुरुदत्त पाठकले बताउनु भयो ।

Author

Related News