काठमाडौँ । मतगणना सम्पन्न भइ निर्वाचित प्रमाणपत्र पाइसक्दा पनि विवादमा रहेको धनुषा-१ को मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै मातृकाप्रसाद यादवको जितले मान्यता पाएको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उम्मेदवारी खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यससँगै धनुषा क्षेत्र नं १ मा विजयी घोषित भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदावर मातृकाप्रसाद यादवले मान्यता पाएका छन् ।
निर्वाचन आयोगले किशोरी साह कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै यादवलाई विजयी घोषणा गरी प्रमाण पत्र प्रदान गरेको थियो ।