मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

आयोगले आधिकारिक रुपमा तय गर्‍यो समानुपातिक सिट (कसलाई कति ?)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट सङ्ख्या टुङ्गो लगाएको छ । आयोगले २०८२ फागुन २८ गते प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट सङ्ख्याबारे आधिकारिक जानकारी गराएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेसले २० सिट पाउँदा नेकपा एमालेले १६ सिट पाएको छ ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ९ सिट पाउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समान ४ सिट पाएका छन् ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत(९६.०५ प्रतिशत) मत सदर भएको थियो । 

समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी आर्यागले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने ६ दललाई सिट सङ्ख्या निर्धारण गरिएको हो । 

प्रत्यक्षतर्फ पनि रास्वपाले नै सबैभन्दा बढी १ सय २५ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेसले १८ सिट, नेकपा एमालेले नौ सिट, नेपाली कम्युनिष्ट पार्टीले आठ सिट, श्रम संस्कृति पार्टीले तीन सिट, राप्रपाले एक सिट र स्वतन्त्र उम्मेदवारले एक सिट हात पारेका छन् ।

Author

Share the News

Recent News

Related News