मानव आवाज

२०८२ चैत्र २ गते
00: 00: 00
२०८२ चैत्र २ गते

समानुपातिकबाट निर्वाचित ११० सांसदको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका १ सय १० जनाकै नाम सार्वजनिक गरेको छ ।

आयोगले २०८२ चैत २ गते विभिन्न ६ ओटा पार्टीबाट निर्वाचित भएका सांसदहरूको सूची प्रकाशित गरी नाम सार्वजनिक गरेको हो ।

यसअघि पेस भएको बन्दसूचीबाट आफ्नो दललाई प्राप्त गरेको सिटमा आधारमा दलहरूले क्लस्टर अनुसारका नाम निर्वाचन आयोगमा पेस गरेपछि आयोगले १ सय १० जना निर्वाचित भएको घोषणा गरेको हो । 

आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नौ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चार-चार जना निर्वाचित भएका छन् ।

आयोगका अनुसार ६ दलबाट १ सय १० जना सांसद निर्वाचित हुँदा ८२ जना महिला निर्वाचित भएका छन् ।

जसमा रास्वपाबाट ४८ जना, नेपाली कांग्रेसबाट १५ जना, नेकपा (एमाले)बाट १० जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट चार जना, श्रम संस्कृति पार्टीबाट तीन जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई जना छन् । 

Author

Related News