पोखरा भ्रमण बर्ष -२०२५ लाई सफल बनाउने उदेश्य सहित स्किल सेवा प्रा.लि.को आयोजनामा पहिलो पटक “राष्ट्रिय घर निर्माण फेस्ट – २०८२” (महोत्सव) २०८२ भदौ १३ र १४ गते पोखराको अमरसिंह चौरमा हुने भएको छ ।

सन् २०१८ स्थापित करिब १ सय ५० जना युवाहरू संम्लित संस्था स्किल सेवा प्रा.लिका सिइयाे रमेश तिमिल्सिनाले २०८२ भदौ १२ गते आयोजित पत्रकार सम्मेलन मार्फत ‘घर निर्माण फेस्ट’ बारे जानकारी दिदै नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उदेश्यका साथ हुन गइरहेको यो महोत्सव निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको चर्चा गर्ने अभूतपूर्व अवसरको रूपमा प्रस्तुत गर्न लागिएको बताउनु भयो ।
प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश तिमिल्सिनाका अनुसार महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकला विद, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागी हुने अपेक्षा लिएको भनाई राख्नु भयो । उहाँले अगाडि भन्नु भयो महोत्सवले आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापन मार्फत घर निर्माणका नवीनतम अवधारणाहरूलाई व्यवहारमा उतार्न सहयोग पुर्याउने अपेक्षा राखेको छ।
स्किल सेवाका सञ्चालक सताक्षी मिश्रले कम्पनीले घर निमार्ण गर्दा खर्च कम गर्ने उयायहरूको बारेमा बताउने छ जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डि, ग्लास, टाएल्स् प्रयोग गर्ने बारे पनि सिकाउने छ। साथसाथै लेवर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निमार्ण योजना, निमार्ण अवधि देखि फ्लोलिङ्ग र समापन सम्मको स्टेप-वाइ-स्टेप बताइने बताउनु भयो ।

मिश्रले प्रदर्शनीमा आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरूको प्रस्तुति हुने छन् । यसका अतिरिक्त, लगानी जुटाउने र साझेदारीका अवसरहरू समेत उजागर गरिने, जसले समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको उल्लेख गर्नु भयो ।
कार्यकम संयोजक तथा स्किल सेवा पोखराका सञ्चालक समन कुवँरका अनुसार ३२ ओटा विभिन्न निर्माण सम्बन्धित कम्पनिहरु र बैङ्कको स्टल रहने र हरेक व्यक्तिको लागि आफ्नो घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति रहेकाले त्यसैले यस सम्पत्तिलाई भरपर्दो, सुरक्षित र दिगो बनाउनु महत्त्वपूर्ण र अत्यावश्यक रहेको बताउनु भयो ।
महोत्सवमा करिब ५ हजार भन्दा बढिको प्रत्यक्ष सहभागीता हुने अपेक्षा गरिएको यसबाट लाभ उठाउन सञ्चालक कुँवरले सबैलाई आग्रह गर्नु भयो ।







