मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पर्यटकीय नगरी पोखरामा  तीज सांस्कृतिक महोत्सव 

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरू भएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले महोत्सवको उद्घाटन गर्नु भएको छ ।

महोत्सवमा गण्डकी  प्रदेश सभा सदस्य एवं नेपाली काग्रेस संसदीय दलका सचेतक  प्रकाश बराल, कास्की प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कलाकार हरिदेवी कोइराला, महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल लगाएतले सभ्य र अनुशासित रूपले तीज मनाउनुपर्नेमा जोड दिनु भएको थियो ।

 २०८२ भदौ १० गते देखी तिन दिनसम्म चल्ने महोत्सब अन्तर्गत बुधबार प्रतियोगी समुहहरूको तीज गीतसंगै रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) समेत गरिने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले जानकारी दिनु भयो ।

महोत्सब अन्तर्गत संचालन गरिएको तीज गीत प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनलाइ जोडेर गीत प्रस्तुत गरेका थिए। पोखराको फेवाताल संरक्षण, पर्यटकीयस्थलको प्रबर्द्दन, पर्यटनमा महिला सहभागिता, महिला सशक्तीकरण लगायत विषयलाई प्रतियोगी समूहले गीत मार्फत उठान गरेको छन ।

प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना स्थान प्राप्त गर्ने १० वटा समूहलाई नगद चार हजारको दरले पुरस्कार प्रदान गरिने भएको छ । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको महोत्सवका कारण परम्परागत भेषभुषा, सामूहिक नृत्य, लोकसंगीत र विभिन्न खानाका परिकारलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष गिरीले जानकारी दिनु भयो ।

महोत्सव संयोजक शान्ता सुवेदी तिमिल्सिनाका अनुसार  संस्कृति संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रबर्द्दनका लागि नयाँ ढोकाहरू खोल्न’ महोत्सव उपयोगी हुने बताउनु भयो ।

टेवानकीअध्यक्ष शोभा न्यौपाने पाण्डेले चौरमा बसेर तीज गीत गाउने परम्परा हराउँदै गएको अवस्थामा उक्त परम्पराको पुनर्जागरणका लागि पनि महोत्सव आयोजना गरिएको बताउ भयो । 

महासचिव शोभा अधिकारी पौडेलले पर्वलाई महिला सशक्तीकरणसँग जोड्नु महोत्सवको मुख्य उद्देश्य भएको भनाइ राख्नु भयो  ।

Author

Related News