“भड्किलो तिजमुक्त क्षेत्र वडा न ५ को घोषणालाई कार्यान्वयन गरौ” भन्ने नारा सहित आयोजित सूर्यचन्द्र विकास समाज पोखरा -५ मालेपाटनको आयोजना नेपाली महिलाहरूको महान चाड हरितालिका तिज २०८२ को पावन अवसरमा आयोजित एघारौं मालेपाटन खुल्ला तिजगीत प्रतियोगिता- २०८२ २०८२ भदौ १० गते बाराही माविको खेल मैदानमा सम्पन्न भयो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले २०५१ सालमा स्थापित समाजले ३१ वर्षको लामो अवधिमा साहित्य र संस्कृतिको धरोहर बनेर साहित्य, कला, संस्कृति, राष्ट्रिय कवि सम्मेलन, दुव्र्यसन सम्बन्धी सचेतना, विभिन्न स्वास्थ्य शिविर, वातावरण संरक्षण, महिला सशक्तिकरण, पठन संस्कृतिको विकासका लागि पुस्तकालय, विद्यार्थी तथा जेष्ठ नागरिक सम्मान जस्ता विविध क्षेत्रमा काम गरेकोमा समाजको मुक्तकन्ठले प्रसंशा गर्नु भयो ।

प्रदेश प्रमुख भट्टले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ । सु-सभ्य तीज गीतहरु सुन्नै मुस्किल रहेको समाजको यो परिवेशका बीचमा सूर्यचन्द्रले आयोजना गरेको यस्ता तीज गीत प्रतियोगिताले हाम्रा भाकाहरु जीवन्त राख्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्दै उहाँले अगाडि भन्नुभयो संस्कृति सम्पूर्ण समाजको जीवन पद्धति’ हो । मानिसको धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कला संस्कृतिमा समाविष्ट हुन्छ । नेपाली संस्कृति धेरै पुरानो र विविधतायुक्त छ । युवाहरूले आफ्नो संस्कृतिलाई प्रवद्र्धन र रक्षा गर्न जरुरी छ । संस्कृति हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्नु हाम्रो दायित्व रहेको भनाइ राख्नु भयो ।
प्रदेश प्रमुख भट्टकाअनुसार समयकाल परिवर्तनसँगै कुनै पनि संस्कृतिको नराम्रा पक्षलाई सुधार्नु जरुरी छ भने अनुकूल सांस्कृतिक पक्षलाई बचाइराख्न पनि उत्तिकै आवश्यक हुन्छ । यिनको मूल्य, मान्यता र पहिचानलाई भने कायम गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा कास्की क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले समाजद्वारा ११ औँ तीज महोत्सवको उल्लासमय वातावरणमा गर्नु अनुकरणीय कार्य भएको बताउदै स्थापनादेखिनै शिक्षा, स्वास्थ्य, सामाजिक कार्य, संस्कृतिको जगेर्ना र समुदायको समग्र विकासमा पुर्याएको योगदान प्रशंसनीय उल्लेख गर्नु भयो । परम्परा र आधुनिकताको समिश्रण स्वरूप महिलाको आत्मबल, उत्साह र एकताको अभिव्यक्ति बनेको तीज महोत्सव समुदायबीचको सन्देश, संस्कार र सहकार्यलाई अझ सबल बनाउने तर्फ जोड दिनु भयो ।
पोखरा महानगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णुप्रसाद बराल, पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका उप-कुलपति प्रा डाक्टर भरतबहादुर थापा, समाजसेवी रामकली खड्काले सहभागी समुहहरूलाई प्रतियोगिताको शुभकामना दिदै आगामी दिनमा पनि मौलिकता झल्काउने , सृजनशिल र सचेतना अभिवृद्धिगर्दै गित मार्फत समाज र देश परिवर्तनमा सकारात्मक सन्देश दिने खालका तिजगित पस्कदै रमाईलो गरि तीज पर्व मनाउन आग्रह गर्नु हुदै आआफ्नो भनाइ राख्नु भएको थियो ।
खुला तिज प्रतियोगितामा विभिन्न १५ ओटा समूहले प्रतियोगितामा भाग लिएकोमा पहिलो स्थानमा बाराही मावि, मालेपाटन, दोस्रो स्थानमा धारापानी आमा समूह, पर्स्याङ, तेस्रो स्थानमा अमरसिंह मावि र प्रोत्साहनमा उर्जाशिल आमा समूह रहेको छ । त्यसै गरी उत्कृष्ट भेषभुषामा एकलधारा आमा समूह र उत्कृष्ट नृत्य बाग्लुङ न.पा. वार्ड नं. १२ अमलाचौरको इन साइन एकेडेमीका विद्यार्थीलेपुरस्कार जित्न सफल भएको सूर्यचन्द्र विकास समाजका सचिव प्रदिप सुबेदीले जानकारी दिनु भयो

पुरस्कारको राशी पहिलो, दोस्रो, तेस्रो र प्रोत्साहनलाई क्रमश चालीस हजार, तिस हजार, बिस हजार र दश हजार रूपियाँ, उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्यलाई तीन- तिन हजार रूपियाँ र सहभागी सम्पूर्ण समूहलाई सम्मान पत्र रहेको सूर्यचन्द्र विकास समाजका कोषाध्यक्ष माधवप्रसाद बास्तोलाले बताउनु भयो ।
प्रतियोगिताको निर्णायक मण्डलमा रास्ट्रिय लोकदोहोरो गित प्रतिष्ठानका केन्द्रीय सदस्य कुमार पुन, लोक गायकद्वय तारापती सुबेदी र लक्ष्मी नेपाली रहनु भएको कार्यक्रम उद्घोषक लोकगायक जीवन दाहालले गर्नु भएको थियो ।
प्रतियोगितामा मुख्य- प्रायोजक यूनाईटेट रिफरेन्स ल्याबोरेटरी, मुख्य सहयोगी माता श्री जय लक्ष्मी सुनचाँदी, विशेष सहयोगी पोखरा महानगरपालिका ५ नं. वडा कार्यालय, सह- प्रायोजक भानु मेशनरी सप्लायर्स गरेको छ भने अन्य सहयोगीमा सामाजिक संघसंस्था तथा व्यक्तिहरू रहेका
छन् ।
प्रदेश प्रमुख भट्टले समाजमा आवद्व अक्षयकोष दाताहरूलाई सम्मान पत्र वितरण गर्नु भएको थियो जसमा शोभा/रमेश भण्डारी, केदार/संगिता कोइराला, महेन्द्रराज दाहाल, भोलानाथ ढकाल, उमेश/कमला कोइराला, रामप्रसाद कोइराला, बदनकुमारी शर्मा, सावित्रा/दर्गा प्रसाद कोइराला, साबित्री कोइराला,कर्ण बहादुर/कल्पना भुवाजी र सिवा / प्रभा कोईराला रहनु भएको छ ।
सूर्यचन्द्र विकास समाजका अध्यक्ष सावित्री कोईरालाको अध्यक्षतामा र महासचिव दिपकप्रसाद बरालको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।







