मानव आवाज

२०८३ श्रावण ३१ गते
00: 00: 00
२०८३ श्रावण ३१ गते

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको २८औँ साधारणसभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका-४ स्थित बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको २८औँ साधारणसभा २०८३ साउन ३० गते सम्पन्न भएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले व्यवसायीले आफ्नो व्यवसायलाई सबल र सुदृढ बनाउन सके देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले व्यवसायी र ग्राहकबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले आफू सधैं व्यवसायीको साथमा रहेको बताउँदै महानगरपालिकासँग समन्वय गरेर अघि बढ्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आफ्नो कार्यकाल अन्तिम चरणमा पुगेको बताउँदै २०८३ भदौ २० र २१ गते हुने सङ्घको अधिवेशनबाट सक्षम र काम गर्न सक्ने नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

उहाँले बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका उपाध्यक्ष मनोहरि पौडेललाई पोखरा उद्योग वाणिज्य सङ्‌घको सदस्यमा अत्यधिक मतका साथ कार्यसमिति सदस्यमा विजयी गराउनसमेत आग्रह गर्नुभयो ।

एसोसिएसनका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीले व्यवसाय नवीकरण तथा नयाँ व्यवसाय दर्ताको प्रक्रिया सहज बनाउन स्थानीय सरकारसँग आग्रह गर्नुभयो ।

पूर्वअध्यक्ष प्रजनकुमार थापाले व्यवसायीबिच आपसी समन्वय र सहकार्य हुन सकेमा व्यवसाय प्रवर्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।

साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी प्राप्त सुझाव समेट्दै सर्वसम्मत रूपमा पारित गरिएको एसोसिएसनका उपाध्यक्ष मनोहरि पौडेलले जानकारी दिनुभयो ।

साधारणसभाका अवसरमा एसोसिएसनमा लामो समयदेखि आबद्ध व्यवसायी, व्यवसायीका छोराछोरीमध्ये प्लस टु, स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, एसोसिएसनका नयाँ सदस्य तथा विभिन्न स्थानमा संस्थाको प्रतिनिधित्व गर्ने सदस्यहरूलाई सम्मान तथा स्वागत गरिएको थियो ।

संस्थाका अध्यक्ष बुद्धिबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनोहरि पौडेलले स्वागत मन्तव्य तथा महासचिव थमनसिंह गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News